(Wednesday 28th of October 2026)
`

नेपालगन्जमा कालोबजारी बढ्यो हिजो ४० रुपैयाँ आज १०० रुपैयाँ

  • सगरमाथा गन्तब्य
  • 23.7K
    SHARES

    नेपालगन्ज ११ चैत्र
    नेपालगन्ज उपमहानगरपालिकामा कालोबजारी बढेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले राती १२ बजेपछि लगाएको जनता कफ्युको फाइदा व्यापारीले उठाउन थालेका छन् । बजार पुर्णरुपमा बन्द रहेको केही व्यापरी खुल्ला गरे पनि मौकाको फाइदा उठाइरहेको अवस्था छ । सोमवार साँझा ४० रुपैया एक केजी पाउने टमाटर मंगलवार विहान १० बजे सोही दोकानमा १०० रुपैया एक केजी टमाटर किनेको नेपालगन्ज १८ कारकाँदोका सुरेश शाहले भन्नुभयो । हिजो नै ४० रुपैयामा लगेको आज एक्कासी यति महगो किन भनेर सोध्दा लगे लग्नु नत्र जानु भनेपछि लिन बाध्य भएको उहाँले बताउनुभयो । यसमा स्थानिय प्रशासन किन मौन छ उहाँले भन्नुभयो ।
    बन्दको मौका व्यापारीले उठाइरहेका छन् । यसमा ध्यान दिन आवश्यक रहेको उहाँले भन्नुभयो । जताबाट पनि जनता मर्कामा पर्ने गरेको उहाँले भन्नुभयो । अरु सामानमा खासै कालोबजारी नदेखिए पनि तरकारीमा ह्वात्तै कालोबजारी रहेको नेपालगन्ज १ का स्थानिय रुपवती चन्दले भन्नुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले भने बन्दको फाइदा उठाउने व्यापारीलाई कानुनी कारवाही गरिने जानकारी दिनुभयो । बन्दको फाइदा उठाए अनुगमन गरि कारवाहीको बाटो अपनाउने उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology