(Wednesday 28th of October 2026)
`

अनुमति बिना आफ्नो च्यालनमा भिडियो अपलोेड गर्ने पुरण राजबंशीले माफी मागे

  • सगरमाथा गन्तब्य
  • 14K
    SHARES

    नेपालगन्ज ०३ असोज – के तपाई विना स्विकृति अरुको भिडियो डाउनलोड गरि आफ्नो च्यानलमा हालीराख्नुभएको छ भने होसियार हुनुस् । कारवाही हुनसक्ला है । केहीदिन अगाडी कैलाली जिल्लाको धनगढी स्थित रहेको सिएस फिल्मस् प्रालिमा अपलोड गरिएको गोरी गोरी दिलमोर चोरी र दिल चुराके लैगइलो भन्ने थारु म्युजिक भिडियो विना अनुमति आफ्नो युट्युव च्यालनमा अपलोड गर्नेमाथि कारवाही थलिएको हो ।
    सिएस फिल्मस् प्रालीले बिना अनुमति भिडियो डाउनलोड गरि आफ्नो युट्युव च्यानलमा राखेको हुनाले कारवाहीको लागि इलाका प्रहरी कार्यालय जोशीपुरमा उजुरी दर्ता गरेको थियो । उजुरीको आधारमा टिकापुर स्थित स्परन स्टिुडियो युट्युव च्यालन संचालन गर्दै आएका संचालक पुरण राजबंशीलाई माफी दिई उक्त अपलोड गरिएको भिडियो हटाइएको छ । अपलोड गरिएको भिडियो हटाउन पटक पटक फोन गरि आग्रह गर्दा पनि अटेरी गर्ने र उल्टै अपशव्द प्रयोग गरि गालीगलौज गर्ने निज राजबंशीमाथि आवश्यक कारवाहीको लागि उजुरी दर्ता गरिएको सिएस फिल्मस् प्रालिका प्रवन्धक सतिश सिन्हाले जानकारी गराउनुभयो ।

    उजुरीको आधारमा प्रहरीले निज राजबंशीले उप्रान्त यस्तो गल्ती नदोह¥याउने गरि माफी माग्नुभएको छ । यस्तो कार्य नगर्ने र अरुलाई पनि नगर्न उहाँले प्रहरी समक्ष जानकारी गराउनुभएको छ । राजबंशीले आफ्नो गल्ती स्विकार्दै मैले गल्ती गरेकै हो भनेर स्विकार्नु भएको छ । राष्ट्रिय थारु कलाकार मंच प्रदेश नं. ७ कैलालीको अगुवाईमा अरुको च्यानलबाट भिडियो डाउनलोड गरि अबैध कार्य गर्नेलाई कारवाही थालिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology