(Wednesday 28th of October 2026)
`

विद्यार्थी संगठनद्धारा ७ दिनभित्र पठनपाठन संचालन गर्न माग

  • सगरमाथा गन्तब्य
  • 13.4K
    SHARES

    काठमाडौं, २ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूसहित १३ बिद्यार्थी संगठनका प्रतिनिधिहरुले भेट गरेका छन् ।शुक्रबार मन्त्री पोखरललाई सयुक्त रुपमा भेट्र्दै उनीहरुले शैक्षिक सत्र खेर नजानेगरी पठनपाठनको व्यवस्था मिलाउन शुझाव दिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण शैक्षिक संस्थाहरु संचालनमा आउन सकिरहेका छैनन् ।

    सम्पूर्ण बिद्यार्थी संगठनहरुले तत्काल बिद्यालय संचालन गरेर बिद्यार्थीहरुलाई पठनपाठनको व्यवस्था मिलाउन मन्त्री पोखरेललाई आग्रह गरेका छन् । अबको एकसाता भित्र बिद्यालय संचालन गर्न अल्टीमेटम दिँदै त्यति भित्रै पठनपाठन संचालन नभए आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । बिशेषत उनीहरुले कक्षा १२ लगायत क्याम्पस र विश्वविद्यालय तह सञ्चालन गर्न र लकडाउनका समयमा अनलाईन कक्षा संचालन गरेर चर्को मूल्य असुल्ने बिद्यालयहरुलाई तत्काल कारवाही गर्न आग्रह गरेका छन् । उनीहरुले एसईईको जीपीएका आधारमा नभई सिटिभिटीले ८० प्रतिशत सरकारी र २० प्रतिशत निजी विद्यालयका विद्यार्थी भर्ना गराउनुपर्ने समेत माग गरेका छन् । एसईईमा गणितमा डी ग्रेड ल्याएका विद्यार्थीलाई पनि कक्षा ११ मा भर्ना गराउनुपर्ने पनि माग गरेका छन् । त्यस्तै सरकारी छात्रवृत्ति दोब्बर गरी पारदर्शिरुपमा कार्यान्वयन गराउन, ११ कक्षामा भर्ना हुने बिद्यार्थीहरुबाट मन्परी शुल्क लिन बन्द गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology