(Wednesday 28th of October 2026)
`

चर्चित गायीका समिक्षा चौधरीको चुरिया गुरिया टु पागल मन आउँदै

  • सगरमाथा गन्तब्य
  • 16.1K
    SHARES

    नेपालगन्ज २ असोज – चुरिया गुरियाको अपार सफलता पछि चुरिया गुरिया टु पागल मन बोलको थारु म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । चर्चित गायीका समिक्षा चौधरीको स्वरमा रहेको चुरिया गुरिया बोलको गित केही बर्ष पहिले एकछत्र राज गरेको थियो । अहिले पनि उत्तिकै चर्चित रहेको चुरिया गुरियाको अपार सफलता पछि गायीका समिक्षाले चुरिया गुरिया टु पागल मन बोलको थारु गित निकाल्न सफल हुनुभएको छ । पागल मन बोलको गितमा चर्चित थारु कलाकार विर चौधरी, सुनिता चौधरी, सुजु राजबंशीको मुख्य भुमिका रहेको छ । समिक्षा चौधरीको स्वरमा रहेको गितमा डाइरेक्सन सुधराम दहितले गर्नुभएको छ भने क्यामरा छायाङकनमा साहिल चौधरीले साथ दिनुभएको छ ।

    गितको छायाङकन कैलालीको पहलमानपुर, बनदेवी मन्दिर, सुखड र घोडाघोडी तालमा भएको सुटिङग युनिटले जनाएको छ । पागल मन बोलको गितमा सम्मन्वय फेरु चौधरी, बालकृष्ण चौधरी, घनश्याम चौधरीले गर्नुभएको छ भने हमार म्युजिक बयिया कैलालीको युट्युव च्यानलले पोष्ट प्रोडक्सन गरेको कलाकार सुनिता चौधरीले जानकारी गराउनुभयो । गायीका समिक्षाले बैठक्कु जस्ता चर्चिच चर्चित गित निकालेर सफलता कायम गरिसक्नु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology