नेपालगन्ज १९ भाद – थारु कला संस्कृति संरक्षणमा लागेका चर्चित थारु हास्य कलाकार सत्यनारायण (फेटारा) को निर्देशनमा दुई वटा थारु कला संस्कृति झल्कने थारु म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । थारु समुदायमा हास्य कला क्षेत्रमा एकछत्र राज गरेका फेटारालाई नचिन्ने कमै होलान । कला क्षेत्रमा जुनसुकै ठाउँमा उहाँकै चर्चाले थारु जगतमा कला संस्कृति जोगाउन झनै उत्साह थपेको एक थारु अगुवा लहानु थारुले भन्नुभयो । हरेक म्युजिक भिडियोमा होस या कुनै पनि गाउँ ठाउँमा सांस्कृतिक कार्यक्रममा उहाँको उपस्थिति अनिवार्य नै देखिन्छ । बर्दिया ठाकुरबाबा नगरपालिका बनबिरपूर थारु म्युजिक भिडियो सँगे महि लइरि चलो बोलको म्युजिक भिडियोको छायाङकनमा पनि फेटाराले निर्देशन गर्नुभएको छ । थारु गित संगितको तिब्र गतिमा चर्चा परिचर्चा भइरहेकोले म्युजिक भिडियोहरु धमाधम छायाङंकन हुनुका साथै सार्वजनिक पनि भइरहेका छ्न ।

बर्दियाको बाँसगढी घर भएका कलाकार तथा मोडल बिकास चौधरी थारु कलाकारितामा रमाउनुका साथै आफ्नो क्रेज बनाइरहेका छन् । हालै छायांकन सम्पन्न भएको थारु म्युजिक भिडियोमा समेत मोडल बिकासको दमदार अभिनय रहेको छ । दर्शकहरुलाई मनोरञ्जनका साथै थारू कलाकारिताबाट आफ्नो करियर बनाउने र सफलताको शिखर चुम्नका लागि धेरै भन्दा धेरै मेहनत र राम्रो गर्ने बताउनुभयो । त्यसको लागि जस्तोसुकै दुःख, कष्ट भोग्नुपरे पनि कलाकारिता क्षेत्रमा नै जिबन बिताउने उहाँले जानकारी दिनुभयो । भिडियोमा चर्चित मोडल बिकास चौधरीका साथै लक्ष्मी चौधरी, सरोज चौधरी र राधा चौधरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । गोचाली मिडिया प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सो म्युजिक भिडियोको छायांङकन खडक चौधरीले गर्नुभएको छ भने गितमा गायक सन्तराम थारु र गायिका समिक्षा चौधरीले स्वर दिनुभएको छ । छायाङकन तथा इडिटिङगमा व्यस्त हुने सरोज चौधरी पहिलो पटक मोडलको भुमिकामा प्रवेश गर्नुभएको छ ।
