साहिल अन्सारी
नेपालगन्ज १० चैत्र
विश्वभर तीब्र गतिमा फैलिदै गरेको कोरोना भाईरस कोभिड–१९ बाट सुरक्षित र सचेत गराउन नेपालगन्ज उपमहानगरपालिका वडा नं.१० मा माईकिङ्ग गरिएको छ ।
कोरोना भाईरसबाट नेपाल उच्च जोखिममा रहेको भन्दै आइतबार र सोमवार वडाको प्रत्येक टोलमा कोरोना बिरुद्ध सचेत गराउन कोरोनाबाट बच्ने उपाय सम्बन्धि सचेतनामुलक माईकिङ्ग गरिएको वडा युवा क्लब सन्जाल १० कि उपाध्यक्ष अन्जना चतुर्र्बेिदले बताउनुभयो । साथै मंगलवारबाट मास्क समेत बितरण गरिने उपाध्यक्ष चतुर्र्बेिदले भन्नूभयो । वडामा माईकिङ्ग गर्दै वडा अध्यक्ष बिन्दु भूषण बस्नेतले वडाबासीलाई नाअत्ती विशेष सरसफाइमा ध्यान दिनुका साथै अनावश्यक बाहिर ननिस्किन आग्रह समेत गर्नुभयो । सो सचेतना अभियानमा वडा समितिका पदाधिकारी, वडा युवा सन्जालका अध्यक्ष ऋतिक शाही, वडाको सामजिक परिचालक रजनी खनाल लगायतको सहभागिता रहेको थियो ।
