(Wednesday 28th of October 2026)
`

पहिलो म्युजिक भिडियोबाटै घरपरिवार खुशी भए : मोडेल झरना चौधरी

  • सगरमाथा गन्तब्य
  • 18.8K
    SHARES

    नेपालगन्ज ११ भाद्र – सानै उमेरदेखि भिडियोमा देखिने रहर थियो । घरपरिवारले साथ सहयोग नदिएको कारण पुरा हुन सकेको थिएन् । बल्ल बल्ल दाईको सहयोगले पहिलो म्युजिक भिडियो खेल्ने अवसर पाए । पहिलो म्युजिक भिडियोबाटै घरपरिवार खुशी भए बासगढी नगरपालिका ६ बनबगियाका झरना चौधरीले भन्नुभयो । सानैदेखिको सपना बल्ल पुरा हुँदैछ झरनाले भन्नुभयो । स्कूलजाँदा र गाउँघरमा नाचगान हुँदा नृत्यमा अव्वल मानिने झरना चौधरी अवसर नपाएरै गुम्सीएको थिए उहाँले भन्नुहुन्छ । अहिले आफ्नो प्रतिभा दर्शकसामु पस्किन पाएको छु सवैले मन पराईदिएका छन यसैमा खुशी छु उहाँले भन्नुभयो । म्युजिक भिडियोमा खेल्ने रहर हुँदा हुँदै पनि घरपरिवारको असहमतिले गर्दा खेल्नबाट बञ्चित भएको थिए । पहिलो म्युजिक भिडियोमा अवसर पाए र राम्रो प्रतिभा प्रस्फुटन गरे अनि घरपरिवारको मन जिते झरनाले भन्नुभयो । नवोदित कलाकार तथा मोडेल झरना बर्दियामा जन्मिएकी हुन ।


    पढाईमा पनि उत्तिकै रुची राख्ने झरना मोडलिङगमा प्रवेश गरेको छु अव निरन्तरता दिन्छु उहाँले भन्नुहुन्छ । आमाबुबाको सपना र आफ्नो बाल्यकालको सपना थियो कलाकारितामा क्षेत्रमा जम्ने त्यसैले कलाकारिता क्षेत्रलाई सानैदेखि रुचिका साथ निरन्तरता दिने योजनालाई अगाडी बढाएको मोडेल झरनाको भनाई छ । दर्शकमाझ आफुलाई अब्बल बनाउनका लागि निरन्तर कडा मेहनत, परिश्रम गरेर करियर बनाउने र आफ्नो जीवनकाल बिताउने झरनाको सोच रहेको छ । जसले गर्दा सफलताको शिखरमा पुग्न सक्ने दृढ संकल्पका साथ अगाडी बढिरहेको उहाँले भन्नुभयो । प्रतिस्पर्धात्मक युग भएकाले आफू जमेर काम गर्ने छु आफ्नो बाल्यकाल देखिको सपना कलाकार बन्ने थियो यसलाई पुरा गर्नेछु उहाँले भन्नुभयो ।
    जसले गर्दा त्यो सपनालाई पुरा गर्नका लागि जस्तोसुकै बाधा ब्यवधानलाई ब्यवस्थापन गर्दै अगाडि लम्किरहने छु झरनाले भन्नुभयो । झरनाले पहिलो म्युजिक भिडियो तुलसीपुरके बजारैमा भन्ने बोलको म्युजिक भिडियोमा मोडलिङग गर्नुभयो । पहिलो गितमै उहाँको प्रतिभाले सफलता हात पा¥यो जसले गर्दा डाइरेक्टर, घरपरिवार र दर्शकले समेत माया गरे । पहिलो गित सफल भएपछि दोश्रो गितमा अवसर पाए झरनाले भन्नुभयो । दोश्रो गित नाचु झुम झुमके थारु म्युजिक भिडियो पनि छायाङकन सम्पन भएको छ । नाचु झुम झुमके बोलको गितमा चर्चित मोडल विवश जिएच र झरना चौधरीको मुख्य भुमिका रहेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाका विभिन्न स्थानमा छायाङकन भएको गितमा स्वर विष्णु चौधरीले दिनुभएको छ । यस्तै निर्देशक विवश र सन्देश के चौधरीको रहेको छ भने क्यामरामा एम बहादुर चौधरीले साथ दिनुभएको छ भने पोष्टप्रोडक्सन वाईएस मिडिया प्रालिले दिएको कलाकार मस्तिराम चौधरीले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology