(Wednesday 28th of October 2026)
`

कानुन ब्यवसायीद्वारा थुनुवालाई मास्क

  • सगरमाथा गन्तब्य
  • 11.9K
    SHARES

    साहिल अन्सारी
    नेपालगन्ज १० चैत्र
    कानुन व्यवसायीद्धारा नेपालगन्ज जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई मास्क वितरण गरिएको छ । कोरोना भाईरस कोभिड–१९ विश्वका अधिकांश देशहरुमा महामारीको रुपमा फैलिएको र नेपाल समेत कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठनले समेत पुष्टि गरेको बेला नेपालगन्जका कानुन ब्यवसायी तथा सुचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी अधिवक्ता वसन्त गौतम, उच्च अदालत बार एसोसिएसनका पुर्व अध्यक्ष बल बहादुर चन्द लगायतको सयुक्त टोलीले थुनुवालाई मास्क वितरण गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवाहरुलाई ८० वटा मास्क बितरण गरेका छन् । नागरिकको मानवअधिकार रक्षा र स्वास्थ्यको हक प्रत्याभूति गर्नको लागि मास्क बितरण गर्दै अधिवक्ता तिवारिको विशेष सतर्कता अपनाउन उहाँले अनुरोध गर्नुभयो । वर्तमान परिस्थिति चुनौतीको सामना गर्ने र भाइरसबाट बच्ने उपाय अपनाउनु पर्ने कुरामा उच्च अदालत बार एसोसिएसनका पुर्व अध्यक्ष बल बहादुर चन्दले जिकिर गर्नु भयो । यस्तै आज पनि कोहलपुर ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई ४० वटा मास्क बितरण गर्ने बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology