(Wednesday 28th of October 2026)
`

भारतमा कोरोनाविरुद्धको तीन वटा खोप परीक्षणको चरणमा : प्रधानमन्त्री मोदी

  • सगरमाथा गन्तब्य
  • 13K
    SHARES
    काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले, भारतमा कोरोना भाइरसविरुद्ध तीन वटा खोप परीक्षणको चरणमा रहेको बताउनुभएको छ । ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट सम्बोधन गर्दै उहाँले तीन वटा खोप परीक्षणको चरणमा रहेको र स्वीकृति पाएपछि व्यापक परिमाणमा उत्पादन गर्ने बताउनुभएको हो ।

    कोरोनालाई लिएर धेरै मानिसमा चिन्ता बढेको र खोप कहिले बन्छ भन्ने जिज्ञासा भएको भन्दै उहाँले भारतले तीन वटा खोप परीक्षण गरिरहेको जानकारी दिनुभएको हो । कोरोना संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो र ज्यान गुमाउने देशको सूचीमा चौथो स्थानमा छ । भारतमा अहिलेसम्म २५ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ भने ४९ हजारको ज्यान गएको छ । संक्रमण पुष्टि भएकामध्ये १८ लाख निको भएका र बाँकी साढे ६ लाखको उपचार भैरहेको वल्ड्रोमिटरले जनाएको छ । उज्यालो अनलाईनबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology