(Wednesday 28th of October 2026)
`

आरुषलाई बचाउन मनकारी हातको खाँचो

  • सगरमाथा गन्तब्य
  • 10.2K
    SHARES

    नेपालगन्ज २८ साउन – दाङ घोराही नगरपालिका १७ चौघेराका ३ बर्षिय बालक आरुष योगीलाई उपचारको लागि सहयोगको अपिल गरिएको छ । सानो उमेरदेखि दिसा पिसाव नआउने र एक्कासी पेट फुले पछि अहिले आरुषलाई गभ्भीर समस्या देखा परेको हो । आरुषको एक्कासी पेट फुलेपछि दाङमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । घरपरिवारको आर्थिक स्थिति कमजोरका कारण आरुषको उपचारमा समस्या पर्न थालेको आरुषका आमा सुमित्रा योगीले बताउनुभयो । काठमाण्डौंको कान्तिबाल अस्पतालमा उपचाररत आरुषलाई सक्दो सहयोग गर्न आरुषका आमा सुमित्राले अनुरोध गर्नुभएको छ ।

    आरुषलाई अप्रेसनले मात्र सम्भव हुने भएको हुनाले उपचारमा खर्च पनि धेरै लाग्ने डाक्टरले जनाएको आरुषका आमा सुमित्रा योगीले भन्नुभयो । आरुषको अप्रेसनका लागि १ देखि २ लाख खर्च लाग्ने डाक्टर जनाएको आरुषका आमा सुमित्राले जानकारी गराउनुभयो । डाक्टरका सल्लाह अनुसार आरुषको अप्रेशन गर्नुपर्ने बताईएको छ । डाक्टरका अनुसार अप्रेशनमा ठुलो रकम लाग्ने जनाएको छ । घरपरिवारको आर्थिक अवस्था एकदम कमजोर रहेको हुनाले आरुषलाई उपचारको लागि सहयोगको अपिल गरिएको छ । आरुषका उपचारका लागि सहयोग गर्न चाहने इच्छुकले ९८०६२८३००८ मा सम्पर्क गर्न सकिने परिवारले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology