नेपालगन्ज २७ साउन- पछिल्लो समयमा थारु गित संगितको तिब्र गतिमा चर्चा परिचर्चा भएरहेकोले म्युजिक भिडियोहरु धमाधम छायाङंकन हुनुका साथै सार्वजनिक भइरहेका छ्न । जसले गर्दा कलाकारहरु थारु कलाकारितामा आफ्नो क्रेज बनाउन लागिपरेका छन । हालै बर्दियाको बेलवा भन्ने ठाउ“मा तुल्सिपुरके बजारैमा भन्ने थारु गितको छायाङंकन सम्पन्न भई आज भिडियो सार्वजनिक हुने भएको छ । सो गितको म्युजिक भिडियो मंगलवार सार्बजनिक गरिने सुटिङ युनिटले जनाएको छ । यसरी एक पछि अर्को गरि थारु गितहरु सार्वजनिक भइरहेकाले थारु समुदाय उत्साहित भएका छन । एक जमानामा एकछत्र राज गरेको चर्चित थारु गित तुलसिपुरके बजारैमा भन्ने बोलको थारु म्युजिक भिडियो आज सार्वजनिक हुने भएको छ ।

तुल्सीपुरके बजारैमा हा हमार भेट हुइना, भेट हुइला हुइला, साली हो बर्खाक झरीमा भन्ने बोलको थारु म्युजिक भिडियोको छायाङकन सकेर आज भिडियो सार्वजनिक हुने भएको छ ।
थारू एल्बम फुलल बगियाबाट सार्वजनिक गरिएको सो गित चर्चित गायक खेम भैगरियाको प्रस्तुती रहेको छ । तुल्सिपुरके बजारैमा “ बोलको थारू गितमा गायक तिर्थमान पुन र गायिका लक्ष्मी चौधरीको शब्द संगित रहेको छ । उक्त भिडियोमा चर्चित मोडल बिबस जिएच, सन्जिता सुन कुसुम्या, टेकेन्द्र शाही, दिपिका चौधरी , शिशिर धम्लहवा , झरना चौधरी, मिलन बि क, अनुस्का चौधरी लगायतका कलाकारहरुले अभिनय गरेका छ्न । वाईएस मिडियाको ब्यानरमा निर्माण गरिएको म्युजिक भिडियोको निर्देशक बिबस चौधरी र सन्देस चौधरीले गर्नुभएको छ भने छायांङकन यम बहादु थारुले गर्नुभएको छ । तुलसीपुरके बजारैमा गितमा एरेन्जरमा केशब बडुले साथ दिनुभएकोछ भने निर्देशकः विवश जिएच, र छायाङकन÷सम्पादनः यम बहादुर थारुले गर्नुभएको गितको मेकअपमा सन्जिता सुनकुसुम्याले साथ दिनुभएको छ ।

