(Wednesday 28th of October 2026)
`

आजदेखी सातदिनसम्म नेपालगन्ज भन्सार नाका बन्द (फोटोफिचर)

  • सगरमाथा गन्तब्य
  • 22.2K
    SHARES

    नेपालगन्ज ०९ चैत्र
    आजदेखि ७ दिनसम्म नेपालगन्ज भन्सार नाका पुर्ण रुपमा बन्द भएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपालगन्जस्थित जमुनाह भन्सार नाका आइतवारदेखि ७ दिनसम्म बन्द गरिने भएको हो । आईतबार नेपाल भारत सुरक्षा निकायका प्रमुखहरुको छलफलबाट जमुनाह नाका एक हप्तालाई बन्द गर्ने सहमती भएको हो ।


    आज बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख बिर बहादुर वली, शसस्त्र प्रहरी गुल्म ३० नं. गणका प्रहरी उपरिक्षक दिपक अधिकारी र भारत बहराईच जिल्ला अधिकारी शम्भु कुमार, बहराईचका एसपी बिपिन कुमार मिश्रा सहितको दुईपक्षिय छलफल पछि सिमा नाका बन्द गर्ने सहमतीपछि नेपाल भारत सिमा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।


    शुक्रबारदेखी सवारी साधनमा रोक लगाएपनि पैदल यात्रीहरुलाई भने आवागमनका लागि छुट गरीएको थियो । सिमा नाका बन्द गर्ने निर्णय भएसँगै अब पैदलयात्रु, सवारी साधन संचालन हुन पाउने छैनन । यद्यपी अत्यावश्यक सामग्री ढुवानी तथा एम्बुलेन्सको हकमा आवश्यकता अनुसार आवागमन गर्न दिइने दुईपक्षिय सहमति भएको छ । सिमा नाका बन्द भएपछि भारतको रुपैडिहा र नेपालको जमुनाहा नाकाका सम्पुर्ण पसलहरु बन्द अवस्थामा रहेका छन् । नेपालगन्ज बजार बन्द भएसँगै छिमेकी बजार रुपहिडिया बन्द गर्न बहराईच जिल्ला अधिकारी सम्भु कुमारले निर्देशन दिएको स्रोतले जनाएको छ । केही अत्यावश्यक सामाग्री बाहेक कुनै पनि नागरिक, सवारीसाधान सिमावारपार नभएको जमुनाहा प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology