(Wednesday 28th of October 2026)
`

वडा न १० ले कोरोना भाइरस रोग विरुद्धका कार्यक्रम गर्ने

  • सगरमाथा गन्तब्य
  • 12.6K
    SHARES

    नेपालगञ्ज, ६ चैत्र
    कोरोना भाइरस (कोभिड १९ ) रोग विरुद्धका कार्यक्रम सञ्चालनका लागि वडा स्तरमा समेत पहल गरिदैछ । नेपालगञ्ज उपमहानगरपालिका वडा न १० ले कोरोना भाइरस रोग भित्रिन र फैलिन नदिन वडा स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । वडा अध्यक्ष विन्दुभुषण बस्नेतको अध्यक्षतामा विहीबार बसेको बैठकले कोरोना भाइरस रोग विरुद्धका कार्यक्रम गर्न वडा स्तरिय समन्वय समिति गठन गरेको छ ।
    वडा सचिव शान्ती केसी सदस्य सचिव रहेको १३ सदस्यीय समितीले कोरोना भाइरसको संक्रमण भित्रीन र फैलिन नदिन तथा शंकाष्पद व्यक्तिहरुको निगरानी र उपचारको व्यवस्था मिलाउने लगायतका कार्य गर्ने छ । वडा स्तरिय समन्वय समितिको आजै बसेको वैठकले कोरोना भाइरस रोग विरुद्ध सचेतनामुलक लगायतका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
    शहरी स्वास्थ्य केन्द्रकोे समन्वयमा वडास्तरमा माईकिङ गर्ने, पर्चा÷पम्पलेट वितरण गर्ने र विभिन्न स्थानमा स्वास्थ्य सरसफाई लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको छ । कोरोना भाइरस रोग विरुद्ध खटीने अभियन्ताहरुका लागि मास्क तथा स्यानी टाइजेशन समेत उपलव्ध गराइने वडा सचिव तथा समन्वय समिति सदस्य सचिव शान्ती के.सीले जानकारी दिनु भयो । आवश्यक्ताअनुसारका सचेतना तथा उपचारात्मक कार्यक्रम पनि गर्न सकिने वडा अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । यस अघि नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना भाइरस रोकथाम, पुर्व तयारी र उपचारका लागि टास्कफोर्स सहित कोष निर्माण गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology