(Wednesday 28th of October 2026)
`

घरेलु तथा लैंगिक हिंसाका मुद्दाहरु कोरोनाको कारण ओझेलमा

  • सगरमाथा गन्तब्य
  • 26.8K
    SHARES

    जागेश्वर सिंह थारु,  नेपालगन्ज ०३ असार – पछिल्लो समय बाँकेमा घरेलु तथा लैंगिक हिंसा लगायतका मुद्धाहरुलाई कोरोनाको कहरले ओझेल पार्दै आएको देखिन्छ । कोभिड–१९ को उच्च जोखिममा परेको जिल्ला भन्दै सबै संयन्त्रहरु कोरोनाको महामारीको विरुद्धमा लाग्दा जिल्लामा लैंगिक हिंसा बढेता पनि यो विषय गौण बनेको पाइएको हो । लकडाउन होस अथवा देशमा जुनसुकै विपत आइ परे पनि मुलुकमा दण्ड हिनताको अन्त्य हुनु हुदैन । हरेर मुद्धाको न्यायोचित सुनुवाई हुन पर्ने हुन्छ । तर कोरोनाको कहरले गर्दा बाँकेमा घरेलु एवं लैंगिक हिंसाहरु ओझेलमा परेको पाइएको छ । लकडाउनको अवधिमा मात्रै घरेलु हिंसाका २६ बढि मुद्धाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको कार्यालयले जनाकारी दिएको छ । यसरी महिला हिंसा बढ्ै जादा जिल्ला प्रहरी कार्यालय बाँके क्रियाशिल भएर त्यसको सम्बोधनमा गरेको बताएको छ ।
    पिडकलाई समाउनका लागि कोरोनाको कारणले अप्ठारो भैरहेको अवस्थामा कुनै पनि सेल्टर होमहरुले पनि पिडितलाई राख्न नमानी रहेका अवस्थामा स्थानिय सरोकार निकायले विशेष संयन्त्र बनाएर जानु पर्ने अधिकारकर्मीहरु बताउँछन । उता सेन्टर होमहरुले पनि कोरोनाको कारणले गर्दा पहिला जस्तो सिधै कसैलाई पनि राख्न नसकिरहेको हुदाँ कोरोना भए नभएको भन्ने कुराको चेकजाँच गरी प्रमाणित गरी पठाएमा आफुहरुलाई कुनै गाह्रो नहुने बताउँछन । कोभिडको बहानामा घरेलु हिंसा हुदै गर्दा न्यायिका लागि सम्वधित स्थानमा जान सक्ने अवस्था पनि रहेको छैन भने समुदायिमा घटमा सुचना दिने नागरीक पनि जोखिममा रहन गरेका नेपालगंज उपमहानगरपालिकाले बताउँछ । वर्तमान अवस्थामा कोभिड –१९को बहनामा महिला हिंसा, घरेलु हिंसा लगायतको घटिरहेको छ । संक्रमणको डरले पिडकलाई तुरुन्त समाउन सक्ने अवस्था पनि छैन अतः सरकारले यस्तो घटको समधानको लागि छुट् संयन्त्र बनाएर जानु पर्ने देखिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology