(Wednesday 28th of October 2026)
`

एसईई परीक्षा स्थगित

  • सगरमाथा गन्तब्य
  • 19.5K
    SHARES

    नेपालगन्ज ०५ चैत्र
    बिहीवारबाट संचालन हुने एसईई परिक्षा अर्को सुचना नआएसम्म स्थगित गरिएको छ ।
    उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
    यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर बिह्ीवारदेखि संचालन हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ ।”
    अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उहाँले बताउनुभयो । एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए । परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको थियो ।
    बिहीवारबाट सुरु हुने परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
    सत्तारूढ नेकपाको सचिवालय बैठकमा पनि कोरोना भाइरसको सम्भावित जोखिमहरूबारे छलफल भएको थियो । सचिवालय बैठकपछि कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षा सम्बन्धी बुँदा परिमार्जन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology