(Wednesday 28th of October 2026)
`

विद्यार्थी तथा युवाहरुलाई ट्राफिक नियम बारे अभिमुखिकरण

  • सगरमाथा गन्तब्य
  • 23K
    SHARES

    नेपालगन्ज ०५ चैत्र
    युवाहरुको क्षमता अभिबृद्धि तथा सचेतना मूलक कार्यक्रम अन्र्तगत विद्यार्थी तथा युवाहरुसंग ट्राफिक नियम बारे अभिमुखिकरण कार्यक्रम श्री आधारभूत विद्यालय पुरैनी वडा नं.२२ मा सम्पन्ना भएको छ ।
    राइजिङ आइडल्स बाँकेको आयोजना र नेपालगंज उपमहानगरपालिका २२ नंं. वडा कार्यालय पुरैनी बाँकेको आर्थिक सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा सचेतना मुलक बुधवार कार्यक्रम भएको हो ।
    कार्यक्रममा १०० जना विघार्थी तथा युवाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरिक्षक ईश्वरी देवकोटाले गर्नु भएको थियो । कार्यक्रममा बस चढ्ने तरिका,पैदल यात्रा गर्ने तरिका,साईकल चलाई यात्रा गर्ने तरिका तथा ट्राफिक नियम विपरित काम गरेमा नेपालको कानुन तथा यसका दण्ड जरिवानका बारेमा जानकारी गराउनु भयो ।
    कार्यक्रमका प्रमुख अतिथी नेपालगंज उपमहानगरपालिका २२ नं. वडा कार्यालय पुरैनीका वडा अध्यक्ष विद्याराम बर्मा, श्री आधारभूत विद्यालय पुरैनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार बर्मा, जिल्ला बाल क्लब संजाल बाँकेका अध्यक्ष मेनुका रावत वडा स्तरिय युवा क्लब संजाल १० नंं वडाका अध्यक्ष ऋतिक शाही लगायतले मन्तव्य राख्नु भएको थियो ।
    राइजिङ आइडल्स बाँकेका अध्यक्ष बिनोद शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology