नेपालगन्ज, ३० जेठ – संस्थागत जिम्मेवारी निर्वाहको क्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन माथि जेठ २९ गते बिहीवार भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकार माथि जस्तोसुकै आक्रमण हुनु निन्दनीय रहेको विज्ञप्तीमा उल्लेख छ । स्थानीयले ट्रिप्पर सञ्चालनमा रोकेको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सहभागि हुनेक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी साजन भण्डारी लगायत तीनजनाको अराजक समूहले गरेको दुव्र्यवहारको निन्दा तथा भत्र्सना गर्दै पत्रकारमाथि आक्रमण गरि प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारलाई नियन्त्रण गर्ने चाहना कसैले नराख्न चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।
स्वतन्त्रतापूर्वक संवैधानिक अधिकार सहितको जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि भएको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जानकारी गराईएको छ । यो घटनाले प्रेस स्वतन्त्रताप्रतिको आस्थामाथि गम्भीर चोट पुगेको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ समिति प्रेसमाथि गरिएको यो ज्यादतीको घोर भत्र्सना गर्दै आक्रमणकारीलाई तत्काल कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन समक्ष माग गरिएको नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव भेषराज बस्नेतद्धारा हस्ताक्षररहित विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै आगामी दिनमा पत्रकारलाई स्वतन्त्रतापूर्वक निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना दोहोरिन नदिन प्रदेश सरकार सहित सम्वद्ध सवैपक्षको ध्यानाकर्षण गराएको छ ।
