(Wednesday 28th of October 2026)
`

एसईई खारेज भए पनि प्रमाणपत्र भने राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने : शिक्षामन्त्री

  • सगरमाथा गन्तब्य
  • 9K
    SHARES

    काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि प्रमाणपत्र भने राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ का कारण यो वर्षको परीक्षा खारेज गर्ने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिनुभएको हो ।
    विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ’, पोखरेल भन्नुहुन्छ्, ‘यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने छ ।’
    लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकाले आवश्यक निर्णय गरिएको उहाँको भनाइ छ ।
    ‘कोभिड–१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सञ्चालन गरिएको र कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीहरूको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व बोध गरेर क्याविनेटले निर्णय गरेको छ,’ पोखरेलले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।
    अहिले माध्यमिक शिक्षा कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा व्यवस्थापन हुने तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो । २०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरी प्रकाशित परीक्षा ५ चैतमा स्थगन गरिएको थियो । देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology