नेपालगन्ज जेठ २५ – चिनका बुहानबाट जन्मीएको कोरोना भइरस नेपालमा पनि पसेपछि चैत्र ११ गतेदेखि नेपालमा लकडाउन भएसँगै बन्द भएका विद्यालयले भर्चुअल कक्षा संचालन गरेपनि सबैमा नेट र मोबाइलको पहँुच नभएका कारण नेट र मोबाइल किन्न नसक्ने विद्यार्थीले पढ्न नपाउँदा धनि र गरीव भनि विद्यार्थीमा विभेद भएको, पढ्न नपाएका विद्यार्थीमा हिनताबोध भएको आइतवार क्रियाशील पत्रकार महिला (डब्लु ब्लु जे) को आयोजनामा सम्पन्न सन्डेक्वलमा जागीरे महिलामा पारेको मनोसामाजिक असर विषयक भर्चुअल जुममा अन्र्तक्रियामामा चर्चा गरीएको क्रियाशील पत्रकार महिला (डब्लु ब्लु जे)का पुर्व केन्द्रिय सदस्य अछरी पोखरेलले जानकारी गराउनुभयो । क्रियाशील पत्रकार महिला (डब्लु ब्लु जे)का केन्दीय अध्यक्ष अम्बिका राजथलाले संस्था नियमित गदैआएको सण्डे क्लवलाइ निरन्तरता दिन सन्डेक्लबको आयोजना गरी पत्रकार महिलाहरुमा आफ्नो पेशाप्रति प्रेरणा जगाउने बन्दाबन्दीको अवस्थामा पत्रकार महिलाहरुलाइ कसरी मानसीक स्वास्थ्य बनाउने उदेश्यले जुम कार्यक्रम गरिएको जानकारी गराउनुभयो ।

अन्र्तकृया कार्यक्रममा पहिला नीजि र सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरु विच विभेद भएपनि अहिले भर्चुअल जुम कक्षामाले गर्दा नीजि विद्यालयमा पढ्नेहरु विच पनि विभेद पैदा भएको , गरीव निमुखा विद्यार्थीहरुको पहुँच इन्टरनेटमा नपुगेको, महिलाहरुलाइ मानसिक असर परेको, सबै परिवार घरमा रहने हुदा पटकपटक खाना पकाउने खुवाउने गर्दा महिलालाइ घरको काम र आफ्नो पेशाको जिम्मेवारी निभाउनु पर्दा बढि मानसिक टेन्सन हुने गरेको, विद्यालय जान नपाएका विद्यार्थीहरुलाइ घरको काम सिकाउने मौका भएको भन्दै कामकाजी महिला घरमा बस्नुपर्दा पूरुष फुर्सदिला र महिलालाइ घरको काममा बढि व्यस्त रहनु परेको चर्चा गरीएको थियो । कार्यक्रममा मनोविमर्शकर्ता प्रेम नारायण भुसालले मानसिक टेन्सनका लक्षणहरु र समाधानका उपायमा केहि टिप्सहरुका सवालमा प्रशिक्षण दिनु भएको थियो ।
