काठमाडाैं, २५ जेठ । विश्वमा काेराेना संक्रमित देशकाे लहरमा छैटाैँ स्थानमा उक्लिएकाे भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेकाे संख्या झनै बढ्दै गइरहेकाे छ । शनिबार त्यहाँ हालसम्मकै बढी दैनिक संक्रमित पुष्टि भएकाे छ । एसियामै सबभन्दा बढी संक्रमित रहेकाे भारतमा शनिबार मात्र १० हजार ४३८ जना कोरोनाभाइरस सङ्क्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । शुक्रबार त्यहाँ ९ हजार ४७१ संक्रमित फेला परेका थिए ।

शनिबार भारतमा २९७ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । याे भारतमा अहिलेसम्मकै बढी दैनिक मृत्यु हाे । शुक्रबार पनि त्यहाँ २८६ जनाकाे ज्यान गएकाे थियाे ।
अहिलेसम्म भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ९४६ जनाको मृत्यु भइसकेको छ । पछिल्लाे तथ्यांकअनुसार भारतमा अहिले पनि १ लाख २० हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी १ लाख १८ हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउँदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको त्यहाँका अधिकारीहरुले बताएका छन् । न्युज २४ नेपालबाट
