(Wednesday 28th of October 2026)
`

एक गाउँपालिका एक मनोविमर्शकर्ताको माग

  • सगरमाथा गन्तब्य
  • 26.4K
    SHARES

    नेपालगन्ज – कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्था भएकोले बढि मात्रामा महिलाहरुलाई मानसीक समस्या देखा परेका कारण प्रत्येक गाउँपालिकामा एक, एक जना मनोविमर्शकता राखेर तनाबमुक्त गर्नु पर्ने महिला मानबअधिकार सक्षकको राष्ट्रिय संजालद्धारा आयोजित मानसिक स्वास्थ्यको समस्या विषयक भर्चअल जुम अन्र्तक्रिया कार्यक्रममा सहभागीले जोड दिएको महिला मानबअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी गराउनु भयो ।
    अन्र्तक्रिया कार्यक्रममा बन्दाबन्दीका कारण महिला घरैमा बस्नु परेकाले घरेलुहिंसा बढेको,उजुरी गर्नजादा प्रहरीले बलात्कार बाहेकका मुद्दा दर्ता गर्न नमानेको, विद्यालय जाने उमेरका बालबालिका घरैमा बस्दा मानसिक समस्या र आत्महत्या बढेको, स्थानिय निकायलाइ कामको जिम्मा दिइएको तर केन्द्र र प्रदेशले साधन स्रोत नदिएको सहयोग नगरेको, सबै परिवार घरैमा हुने हुँदा महिलालाई पटकपटक पकाउने खुवाउने भाडा सफागर्ने जस्ता कमा बढि गर्नुपर्दा धपडी बढेको,अस्पतालमा क्वारेनटाइन राख्ने, कोरोनाका विरामी मात्र जाँच गर्नाले परिवार नियोजनका साधन पनि सहज उपलब्ध नहुदा गर्भवति महिलाको संख्यामा बृद्धि भएको,अपाडगत भएका महिलाहरुले औषधि नपाएको, रजस्वला भएका बेला पसल बन्द भएका कारण फेर्ने प्याड नपाएको जस्ता सवाल उठाइएको थियो ।
    कार्यक्रममा पुर्व सासद द्धय गगन थापा, खगराज अधिकारी र सांसदहरु विन्दा पाण्डे , विमला विक, दिल कुमारी रावल, विभिन्न जिल्लाका उपमेयर महिला,विभिन्न जिल्लाका महिला मानबअधिकार रक्षकहरु , मनोविमर्शकर्ताहरु सुस्मा रेग्मी,करुना कुवार, लगायत २ सय जनाको सहभागीता रहेको थियो । महिला मानबअधिकार रक्षक संजालका केन्द्रिय अध्यक्ष डा. रेणु भण्डारीले नेपालमा स्वास्थ्य संस्थाको स्थिति राम्रो नभएको कोरोना भाइरसको उपचारका निम्ति विभिन्न प्रदेश र जिल्लाहरुमा अस्पताल निर्माण, स्तर उन्नती गर्ने काम धमाधम भएका कारण यो स्वास्थ्यमा सुधार ल्याउने एउटा अवसर पनि भएको बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology