नेपालगन्ज- पत्रकार महिलाहरुको आज भएको जुम मिटिडमा क्वारेन्टाइनमा रहेका महिलाको प्रजनन् स्वास्थ्यमा सरकारको ध्यान नपुगेको निष्कर्ष निकालेको महिला संचार साप्ताहिकका सम्पादक अछरी पोखरेलले जानकारी गराउनु भयो । महिला संचार समुह बाँकेद्धारा आयोजना गरीएको पत्रकार महिलाको अवस्था र क्वारेन्टाइनमा रहेका महिलाको चुनौति विषयक भर्चुअल अन्र्तक्रिया कार्यक्रममा बोल्दै रेडियो हाइवय लमही दाडका सम्पादक तथा पत्रकार महासंघ दाडका उपाध्यक्ष लिला शाहले सरकारले बनाएका क्वारेन्टाइन महिला मैत्री नभएको सुत्केरी र गर्भवति महिलाले पोशिलो खाना खान नपाएको, पुरुष र महिलाको शौचालय एउटै भएका कारण महिलालाइ रजस्वाला भएको बेला प्याड फेर्न नुहाउन समस्या भएको हुदा महिला मैत्री शौचालयको आवश्यकता रहेको बताइन । उहाँले साना बच्चा सहित क्वारेन्टाइनमा रहेकी अनिता चौधरी १२ बजे खाना दिदा साना बच्चा भोकले रुने ,हात धुने सावुन पानी समेत नभएको गुनासो गरेको सुनाउनुभयो ।

बर्दिया गुरुवावा एफ एमका स्टेसन मेनेजर पुष्पा चौधरीले बर्दिया जिल्लामा ४ हजार ५ सय७० जना मध्य ३ महिनाकी सुत्केरी सहित ५सय ९३ जना महिला क्वारेन्टाइनमा रहेको जानकारी गराउनु भयो । ती सुत्केरीले पोशीलो खाना खान नपाएको हुदा शरीर कमजोर भएको समेत जानकारी गराउनु भयो । नाइस टेलिभिजनका कार्यक्रम प्रस्तोता दिपा आलेले आगामी हप्ता विदेशबाट नेपाल ल्याउने भनिएकाहरुमध्ये अधिकाँश महिला रहेको हुदा उनीहरुको उचित व्यवस्थापन गरेरमात्र नेपाल ल्याउनु पर्नेमा जोड दिइन । अन्र्तक्रियाका कार्यक्रममा बाँके, बर्दिया, दाड र काठमाण्डौमा कर्मथलो बनाएर पत्रकारिता गरेका महिलाहरुको सहभागीता रहेको थियो । उनीहरुले पत्रकार महिलालाइ नेपाल पत्रकार महासंघले अभिभावकत्व दिन नसकेको, महिला पत्रकारलाइ मास्क,सेनिटाइजर,जस्ता सुरक्षाका साधनमा विभेद गरेको गुनासो गरेको थिए । उक्त कार्यक्रममा सहभागी बोल्दै पत्रकार महिलाहरुले प्रत्येक जिल्लामा महिला मात्र राख्ने एउटा क्वारेन्टाइन बनाउन माग गरेका छन् । प्रत्येक हप्ताको विहिवार १२ बजे पत्रकार महिलाको भर्चुअल मिटिड हुने र प्रत्येक मिटिडमा नयाँ नयाँ एजेण्डामा केन्द्रित रहि छलफल गरीने पनि जानकारी गराइएको छ ।
