(Wednesday 28th of October 2026)
`

बाँकेका डिएसपी सिंहको दाङको तुलसीपुरमा सरुवा

  • सगरमाथा गन्तब्य
  • 11.6K
    SHARES

    नेपालगन्ज २० जेठ – जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहको एक कार्यक्रमका विच विदाई गरिएको छ । २०७६ भाद्रा २६ गते देखी हाल सम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत रही कार्यालयको सुचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएका डिएसपी सिंहको सरुवा भएको हुनाले विदाई गरिएको हो ।

    जिल्लाको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न, अपराध नियन्त्रण गर्न, बिभिन्न जघन्य अपराधको अनुसन्धान गर्नुका साथै कोरोना भाइरस नियन्त्रणमा खटिएका सबै प्रहरी कर्मचारीहरुको मनोबल उच्च राखि, प्रहरी परिचालन तथा जनशक्ति व्यबस्थापनमा प्रभावकारी भुमिका निर्वाह गर्नु भएका डिएसपी सिंह इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा सरुवा हुनु भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंले ०७७ जेठ १२ गतेको पत्रादेशले ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा डिएसपी सिंहको सरुवा भएको पत्र पठाएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology