नेपालगन्ज ०४ चैत्र
बाल हेल्पलाइन नेपालको जिल्ला सम्मन्वय समिति बाँकेको बैठक मंगलवार नेपालगन्जमा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक विर बहादुर ओली, सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, उपअनुसन्धान निर्देशक कमल प्रसाद भटटराई, जिल्ला बारका अयुव सिद्दिकी, नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष रुपा गहतराज, प्याव्सनका कृष्ण जिसी, बाल हेल्पलाइन नेपालका क्षेत्रिय निर्देशक शिद्धराज पनेरु, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बाल हेल्पलाइन नेपालले सन २०१९ जनवरी देखि सन २०१९ डिसेम्बरसम्म कार्यप्रगति बारे छलफल समेत गरेको बाल हेल्पलाइन नेपालगन्जका क्षेत्रिय निर्देशक शिद्धराज पनेरुले जानकारी गराउनुभयो । बाल हेल्पलाइन २०१९ मा बेचविखन तथा ओसार पसारमा परेका बालवालिका ३५ जना, बाल विज्याई २६ जना, हराएका तथा फेला परेका बेवारिसे बालवालिका ७३ जना, बाल विवाह १२ जना, पारिवारिक समस्यामा रहेका बालवालिका १७ जना, शैक्षिक सहयोग १७५ जना, शारिरिक दण्डसजाय १२ जना, यौन शोषण २ जना गरि जम्मा ३ सय ६८ जना बालबालिका बाल हेल्पलाइन २०१९मा घटना भएको विवरण सार्वजनिक गरेको हो ।
जनवरी १ देखि २०१९ डिसेम्बर २०१९ सम्म बाल हेल्पलाइन मार्फत बालवालिकाहरुलाई स्वास्थ्य उपचार सेवा ४ जनालाई, आयआर्जन सहयोग १० जनालाई, पारिवारिक पुनस्थापना ७५ जनालाई, अन्य संघसंस्थामा रिफर गरिएका बालवालिका ३६,जनालाई संरक्षण सहयोग १३१, शैक्षिक सहयोग १७५, अन्य संघसंस्थाबाट रिफर भई आएका बालवालिका २७ जना रहेको बाल हेल्पलाइन नेपालले बैठकमा कार्यपत्र सार्वजनिक गरेको छ ।
