(Wednesday 28th of October 2026)
`

शिक्षातर्फ १ खर्ब ७१ अर्ब बजेट विनियोजन

  • सगरमाथा गन्तब्य
  • 9.7K
    SHARES

    काठमाडौं – आगामी वर्षका लागि शिक्षातर्फ १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षका लागि संघीय संसदमा बजेट प्रस्तुत गर्दै डा. युवराज खतिवडाले यस्तो बजेट १ खर्ब ६३ अर्ब विनियोजन गरिएको बताउनुभयो ।
    सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा एक खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरिएको छ । यो रकम चालू आर्थिक वर्षभन्दा करिब आठ अर्ब बढी हो । कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवाखाजा, राष्ट्रपति शैक्षिक कार्यक्रम, स्यानिटरी प्याडलगायत कार्यक्रममा बजेट वृद्धि गरिएको छ । तर, छात्रवृत्तिको रकम भने घटाएको छ ।
    चालू आर्थिक वर्षमा विपन्न, अपांगतालगायत विभिन्न शीर्षकमा विद्यालय तहको छात्रवृत्तिका लागि तीन अर्ब १९ करोड रकम विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि भने दुई अर्ब ७० करोड मात्रै छुट्याइएको छ । आर्थिक वर्ष २०७७र७८ का लागि सार्वजनिक गरेको बजेटमा सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ छुट्याएको छ ।
    खतिवडाले बिहीबार सार्वजनिक गरेको यो बजेट खेलकुद मन्त्रालयका लागि चालू आर्थिक वर्षमा छुट्याइएको भन्दा १ अर्ब ६३ करोड कम हो । सरकारले चालू आर्थिक वर्षका लागि ३ अर्ब ९९ करोड बजेट छुट्याएको थियो । यो रकम १३ औं दक्षिण एसियाली खेलकुद बाहेकको हो । चालू आर्थिक वर्षमा पनि सरकारले बजेट घटाएको थियो । ०७५र७६ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ छुट्याइएको थियो । यसबर्ष विनियोजन गरेका रकम सवैलाई समेटने गरि पारित भएको हुनाले सन्तुष्ट रहेको पाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology