(Wednesday 28th of October 2026)
`

नगरसभाबाट शिक्षा विधेयक–२०७६ स्वीकृत

  • सगरमाथा गन्तब्य
  • 12.6K
    SHARES

    नेपालगञ्ज, ४ चैत्र
    नेपालगञ्ज उप–महानगरपालिकाको छैठौं नगरसभा विभिन्न महत्वपूर्ण निर्णय गर्दै मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो ।
    नगरसभाले शिक्षा विधेयक–२०७६ लाई स्वीकृत गरेको छ । यसैगरी सहकारी ऐन, २०७४ को प्रथम संशोधन गरेको छ । नगरसभाले नोवेल कोरोना भाईरसबाट सुरक्षित हुनको लागि आवश्यक सचेतनामुलक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
    नगरसभाले कोरोना विरुद्ध पुर्व तयारीका लागि आकस्मिक कोषमा रकम विनियोजन गर्ने निर्णय गरेको छ । बैठकले वडा नम्बर ६ मा क्रिकेट मैदान निर्माणका लागि सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णयका आधारमा प्रस्तुत भएको प्रस्तावलाई अनुमोदन गरेको छ । क्रिकेट मैदानका सन्दर्भमा संयोजक सुनिल सिंह हमालले नगरसभामा जानकारी गराउनुभएको थियो ।
    नगरसभाले ५ औं नगरसभाबाट स्वीकृत वडा स्तरीय कार्यक्रमको पेश भए बमोजिमको गत आ.व.को बाँकी मौज्जात समेतको १० करोड १७ लाख २५ हजार ७०१ रुपिया र नगर स्तरीय कार्यक्रमको ५० करोड ९० लाख ४० हजार ८०३ रुपिया बजेट तथा रकमान्तरण तथा संशोधन गर्ने निर्णय गरेको छ । यसैगरी सुशासन समितिका संयोजक नरबहादुर विष्ट र विधायन समितिका संयोजक मेनका विष्टले पनि प्रतिवेदन पेश गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो ।
    बैठकमा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. राणाले नेपालगञ्ज उपमहानगरपालिकाले विकास निर्माणमा ठुलो फड्को मारेको बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिमका कारण नगरसभामा आवश्यक स्वास्थ्य परीक्षण सहित संक्षिप्त रुपमा सम्पन्न गरिएको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । समृद्ध शहर नगरबासीको रहर भन्ने मुल नाराका साथ नगरसभा सम्पन्न भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology