(Wednesday 28th of October 2026)
`

शुटिङ्ग संघमा मल्ल

  • सगरमाथा गन्तब्य
  • 12.1K
    SHARES

    मोहम्मद जावेद हल्वाई
    नेपालगन्ज ०४ चैत्र
    रमेश कुमार मल्लको अध्यक्षतामा बाँके जिल्ला शुटिंग संघको नयाँ कार्यसमिती चयन भएको छ ।
    मंगलवार नेपालगंजमा भएको नवौं साधारण सभाबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्बसम्मत रुपमा चयन भएको हो । आगामी महिना काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन गरिएको हो ।
    संघको उपाध्यक्षमा आशा थापा बिस्ट रहनु भएको छ भने सचिवमा बदरुद्दिन अंसारी, सह सचिवमा सुरेन्द्र सिंह सरदार र कोषाध्यक्षमा अरुण बिक्रम शाह रहनु भएको छ ।
    त्यसैगरी सदस्यहरुमा नरेन्द्र थापा, पप्पु मुसलमान, सुभाष सिंह श्रेष्ठ, पंचम गुरुंग, राजकुमार चन्द, दिपक मल्ल रहनु भएको छ । निबर्तमान अध्यक्ष रोहित टण्डन, ओलम्पियन पार्बती थापा र प्रशिक्षक राजेन्द्र सिंह सल्लाहकार रहनु भएको छ ।
    निबर्तमान अध्यक्ष टण्डनको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला खेलकुद बिकास समिती बांकेका अध्यक्ष आतंक बस्नेत रहनु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology