(Wednesday 28th of October 2026)
`

नेपालगन्जमा कार्तिक ११ गते ‘कमेडी उत्सव २०८३’ हुँदै

  • सगरमाथा गन्तब्य
  • 1.3K
    SHARES

    नेपालगन्ज । हाँसो, मनोरञ्जन र हास्य प्रस्तुतिमार्फत दर्शकलाई रमाइलो साँझ प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा “रोयल ब्लू प्रेजेन्ट्स – कमेडी” उत्सव २०८३’ आयोजना हुने भएको छ । कार्तिक ११ गते बुधबार साँझ ६ बजेदेखि नेपालगन्जस्थित लिला प्यालेसमा कमेडी उत्सव कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
    कार्यक्रममा कैलाश कार्की, प्रभात लामा, सीता न्यौपाने, सुबोध गौतम, मेक्सम गौडेल र सुमन कार्कीलगायत कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो ।
    नेपालगन्जको बीपी चोक पश्चिम, मुक्तिपुरस्थित रहेको लिला प्यालेसमा हुने कार्यक्रममा नेपालगन्ज आसपासका सम्पुर्ण साथीभाइ तथा परिवारसँग सहभागी भएर मनोरञ्जन लिन सकिने बासुकी फिल्मस् प्रालिका अध्यक्ष तथा यस कमेडी उत्सव २०८३ नेपालगन्जको व्यवस्थापक विकास गिरीले जानकारी गराउनुभयो ।
    कार्यक्रमको व्यवस्थापन जेजी इन्टरटेन्टमेन्टले गरिरहेको छ भने टिकट इसेवा एप मार्फत उपलब्ध रहेको व्यवस्थापक विकासले जानकारी गराउनुभयो । भिआइपी टिकटको मुल्य १५सय रहेको छ भने दुई वटा यानिकी ३ हजारको टिकट किन्दा १ वटा १५ सयको टिकट फ्रि रहेको व्यवस्थापक गिरीले जानकारी गराउनुभयो । ‘कमेडी उत्सव २०८३’ ले नेपालगन्जमा मनोरञ्जनात्मक कार्यक्रमको आकर्षण बढाउनुका साथै हास्य कलाकारहरूले दर्शकमाझ आफ्नो प्रस्तुति प्रस्तुत गर्ने छन् । नेपालगन्जमा पहिलो पटक कमेडियन शो हुदैछ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology