नेपालगन्ज, १४ असोज । दिउँसै खुकुरी प्रहार गर्ने व्यक्तिलाई कानुनी कारवाही गर्न माग गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० बस्ने विजय कुमार बैश्यले छोरा स्लोक बैश्यमाथि दिउँसै खुकुरी प्रहार गर्ने दुई जनालाई कडा कारवाही गर्न माग गर्नुभएको छ । ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दर्ता गरी आवश्यक कानुनी कारबाही गर्न पिडित बैश्यले माग गर्नुभएको हो । बैश्यले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ताका लागि जाँदा प्रहरीले सुरुमा जाहेरी लिन अस्वीकार गरेको बैश्यले आरोप लगाउँदै भन्नुभयो प्रहरीले जाहेरी लिन नमानेपछि सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गरेको आज पत्रकार सम्मेलन गरि बैश्यले जानकारी गराउनुभयो ।
२०८३ साल भदौ १३ गते नेपालगन्जको पासाङल्हामु मार्गमा स्लोक बैश्यलाई दिउँसै आदित्य गुप्ता र अभिनव शाहले खुकुरी तथा हात खुट्टाले कुटपिट गरेको बैश्यले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेमा घटना बारे जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको उहाँले बताउनुभयो । सरकारी वकिल कार्यालयमा गई जाहेरी दर्ता गरेपनि प्रहरीले पक्राउ गर्नमा वास्ता नगरेको पिडित बैश्यको भनाई छ । स्लोकलाई कुटपिट गर्दा घाँटी, ढाड तथा पिठ्युँलगायतका भागमा चोट लागेको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो । उहाँका अनुसार घटनामा संलग्न व्यक्तिहरूमाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन खोजिएको थियो तर, प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुृर जिसीले निवेदन दर्ता गर्न निर्देशन दिएपनि मुद्दा फाँटमा मुद्दा दर्ता नगरेको पत्रकार सम्मेलनमा बैश्यले जानकारी गराउनुभयो ।
प्रहरी कार्यालयले जाहेरी दर्ता नगरेपछि आफू अन्यायमा परेको भन्दै निवेदकले सरकारी वकिल कार्यालय बाँकेमा आवश्यक कारबाहीका लागि निवेदन दिएका हुन् । प्रहरी कहाँ सिसि क्यामरा फुटेज तथा अन्य प्रमाणका आधारमा अनुसन्धान गरी दोषी देखिएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न उहाँले माग गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले आदित्य गुप्ता र अभिनव शाह माथि जाहेरी दर्ता भएर पनि पक्राउ पुर्जी जारी भैसकेको बताउनुभयो । प्रहरीले उनिहरुलाई खोजी कार्य जारी राखेको छ एसपी जिसिले भन्नुभयो । उनिहरुलाई खोज्न कुनै ठाउँ बाँकी राखेका छैनौ एसपी जिसीले भन्नुभयो । मान्छे नभेटेपछि कसरी पक्राउ गर्ने उहाँले भन्नुभयो । फरार भएका उनिहरु एक न एक दिन पक्राउ पर्ने नै हुन उहाँले भन्नुभयो,“किन भाग्नु प¥यो” । भिडियो तथा निवेदनका आधारमा उनिहरुलाई खोजी कार्य तिव्र पारेका छौ । आदित्य र अभिनव विद्यालय पनि गएका छैनन् एसपी जिसीले भन्नुभयो ।
