(Friday 23rd of October 2026)
`

जानकी गाउँपालिकालाई १ लाख २० हजार बराबरको सामग्री हस्तान्तरण

  • सगरमाथा गन्तब्य
  • 3.4K
    SHARES

    नेपालगन्ज, ८ असोज । सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा जानकी गाउँपालिकालाई विभिन्न कार्यालय तथा बालमैत्री गतिविधिमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ ।

    सामाजिक विकास मञ्च बाँकेका सचिव नन्दबहादुर थापाले जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, कर्मचारी, बालक्लवका पदाधिकारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।


    सामाजिक विकास मञ्च बाँकेले कुल १ लाख २० हजार ८ सय २९ रुपैयाँ बराबरको सामाग्री हस्तान्त्रण गरिएको थियो । सामाग्रीमा ३ थान टेबल, ४ थान स्टिल क्याबिनेट (लकसहित ४ दराज), १२ थान प्लास्टिक कुर्सी, ३५ थान कुशन, २० थान इन्डेक्स फाइल÷फोल्डर, ५ थान रजिस्टर र १ थान नोटिस बोर्ड रहेका छन् ।
    हस्तान्तरण गरिएका सामग्रीले गाउँपालिकाको महिला तथा बालबालिका शाखा, बालक्लव तथा बालअधिकारसम्बन्धी गतिविधिमा आवश्यक भौतिक सामग्रीको व्यवस्थापनमा सहयोग पुग्ने बताइएको छ । सामग्री वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा एसडिएफ बाँकेको हातेमालो परियोजनाअन्तर्गत उपलब्ध गराइएको हो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology