नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो बाँकेस्थित सगरमाथा इङलिस बोडिङ सेकेण्डरी स्कूलले शनिवार कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको साँस्कृतिक कार्यक्रम सहित भव्य गरेको छ ।
कक्षा १२ का विद्यार्थीहरूले मनोरञ्जनात्मक कार्यक्रम, नृत्य, गीत–संगीत र हास्यव्यङ्ग्यमार्फत कक्षा ११ का सहपाठीहरूलाई स्वागत गरेका थिए । कार्यक्रमको अध्यक्षता कक्षा १२ का विद्यार्थी लक्ष्मी विसीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुदन चौलागाई रहनुभएको थियो ।

मुख्य अतिथि चौलागाईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, विद्यार्थी मैत्री वातावरण र आधुनिक शैक्षिक विधिहरूलाई निरन्तरता दिनु नै आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो — “सगरमाथा विद्यालयले विद्यार्थीको भविष्य उज्यालो बनाउने उद्देश्य सहित सगरमाथाको उचाइ जस्तो विद्यार्थीहरुले पनि त्यही उचाई जस्तो सोच राख्नुपर्ने बताउनुभयो । कक्षा ११ बाट सुरु भएको नयाँ यात्राले तपाईँहरूको जीवनमा अनुशासन, सीप, नेतृत्व र ज्ञानको नयाँ ढोका खोल्नेछ उहाँले भन्नुभयो ।
कार्यक्रममा स्कूलका संस्थापक अध्यक्ष कृष्ण बहादुर जिसी, संस्थापक सदस्य लक्ष्मी विसी, एमडी कौशल राज पाण्डेय, स्कूलका सीईओ रोशनी जिसी, प्रवक्ता साहिल अन्सारी, तथा शिक्षकहरु सूर्य बहादुर ओली, सिता खड्का, विमल राज श्रेष्ठ, अशोक क्ुमार यादव, विजय विसी, छाया रोकाय, आकाश ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूका लागि कक्षा १२ का विद्यार्थीहरुले नृत्य, गीत, हास्यव्यङ्ग्य, समूह प्रस्तुति लगायतका रोचक कार्यक्रम प्रस्तुत गरिएको थियो । सगरमाथा स्कुलले हरेक बर्ष कक्षा ११ का विद्यार्थीहरुलाई भव्य सांस्कृतिक कार्यक्रम सहित स्वागत कार्यक्रम गर्ने गरेको छ ।

