(Wednesday 28th of October 2026)
`

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा पाँच दिने तालिम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 5.2K
    SHARES

    जनक चौधरी । ३ असोज २०८३ – नेपालगञ्ज, बाँके । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी पाँच दिने क्षमता अभिवृद्धि तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडीएफ) बाँकेको आयोजनामा होटल स्टारलाइटमा सञ्चालित तालिममा मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोग, तनाव व्यवस्थापन तथा प्रभावकारी सञ्चार सीपबारे प्रशिक्षण दिइएको थियो ।
    वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा बास नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा एसडीएफ बाँकेका २० जना कर्मचारी, ३ जना कार्यसमिति सदस्य तथा वल्र्ड भिजनका प्रतिनिधिको सहभागिता रहेको थियो ।


    पाँच दिनसम्म सञ्चालन भएको तालिममा मानसिक स्वास्थ्य भनेको के हो, मनोसामाजिक सहयोग कसरी प्रदान गर्ने, तनावका प्रकार तथा यसको व्यवस्थापन, प्रभावकारी सञ्चार सीपलगायतका विषयमा सहभागीलाई जानकारी तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
    तालिमको सहजीकरण कर्ण रिमाल र गणेश पौडेलले गरेका थिए । सहजीकरणका क्रममा सहभागीलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको महत्व, तनाव पहिचान तथा व्यवस्थापनका उपाय र आवश्यक सञ्चार सीपबारे प्रशिक्षण दिइएको थियो ।


    तालिमको समापन कार्यक्रममा बास नेपालका केन्द्रीय सदस्य कमल शाही, वल्र्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक तिलक केसी लगायतको उपस्थिति रहेको थियो । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग आरसी बालवालिका थप मद्दत पुग्ने वल्र्ड भिजन इन्टरनेसनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले बताउनुभयो । आरसी बालवालिकाका लागि थप बल पुग्ने लक्ष्य रहेको यस तालिम आगामी दिनमा पनि आवश्यक रहेको सहभागिहरुले बताएका छन् ।
    समापन कार्यक्रम सामाजिक विकास मञ्च, हात्तीमालो परियोजनाका बाल संरक्षण अधिकृत जनक चौधरीले सञ्चालन गरेका थिए । तालिमले संस्थाका कर्मचारी तथा कार्यसमिति सदस्यमा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगसम्बन्धी ज्ञान तथा व्यवहारिक क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको एसडीएफ बाँकेद्वारा सञ्चालित हातेमालो परियोजनाका कार्यक्रम संयोजक भिम बहादुर सार्कीले जानकारी दिनुभयाे।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology