(Monday 26th of October 2026)
`

३२ टिमलाई पछि पार्दै सगरमाथा स्कुलले उचाल्यो अन्डर–१८ च्याम्पियन कप, खेलाडी सम्मानित

  • सगरमाथा गन्तब्य
  • 4.2K
    SHARES

    नेपालगन्ज, २ असोज । एसियन पेन्ट्स च्याम्पियन कप अन्डर–१८ को उपाधि जित्न सफल सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल नेपालगन्ज–१८, बाँकेका खेलाडीलाई विद्यालयले सम्मान गरेको छ ।
    विद्यालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उपाधि विजेता खेलाडीहरूलाई विद्यालयका संस्थापक कृष्णबहादुर जिसी र संस्थापक लक्ष्मी बिसीले टीका, खादा तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । विद्यालयले खेलाडीहरूको प्रतिभा र सफलताको उच्च कदर गर्दै सम्मान गरेको जनाएको छ । एसियन पेन्ट्स च्याम्पियन कपअन्तर्गत ३२ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा सगरमाथा इङ्लिस बोर्डिङ स्कुल र नेपालगन्ज मोडेल एकेडेमी पुगेका थिए । भदौ ३१ गते भएको फाइनल खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।


    ट्राइबेकरमा सगरमाथा स्कुलले ४ गोल गर्दा नेपालगन्ज मोडेल एकेडेमीले ३ गोल गरेको थियो । ४–३ को जितसँगै सगरमाथा स्कुलले च्याम्पियन कपको ट्रफी उचालेको हो ।
    विद्यालयले विजेता खेलाडी, टिमका प्रशिक्षक तथा सम्पूर्ण विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । सम्मान कार्यक्रममा विद्यालय परिवारसँगै विभिन्न क्षेत्रका प्रतिनिधि तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो ।
    प्रतियोगिताको विद्यालयस्तरीय चरणमा विजेता बनेको सगरमाथा स्कुलले अब प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछ । प्रदेशस्तरमा सफलता हासिल गरेपछि संघीयस्तरको प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।
    फाइनलमा नेपालगन्ज मोडेल एकेडेमीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथा स्कुल च्याम्पियन बनेको हो । उपाधि जितेपछि विद्यालयले खेलाडीलाई सम्मान गर्दै उनीहरूको आगामी खेल यात्राका लागि शुभकामना दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology