(Friday 11th of September 2026)
`

तीजको अवसरमा बिहानि युवा क्लबले सांस्कृतिक कार्यक्रम गर्दै

  • सगरमाथा गन्तब्य
  • 1.8K
    SHARES

    नेपालगन्ज। बाँकेको जानकी गाउँपालिका–२, भैयापुरमा बिहानि युवा क्लबले हरितालिका तीजको अवसरमा बृहत् तीज नृत्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

    क्लबले आगामी भदौ २९ गते कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा तीज नृत्य प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने क्लबका संयोजक पदमबहादुर बिष्टले जानकारी दिनुभयो ।

    कार्यक्रम सफल बनाउन विभिन्न संस्था तथा व्यवसायीबाट सहयोग जुटाउने तयारी गरिएको उहाँले बताउनुभयो । क्लबले प्रमुख प्रायोजकका लागि ५० हजार रुपैयाँ, सह–प्रायोजकका लागि ३५ हजार रुपैयाँ र प्रायोजकका लागि २१ हजार रुपैयाँ सहयोगको प्रस्ताव गरेको छ।

    कार्यक्रममा सहयोग गर्ने संस्था तथा व्यवसायीलाई कार्यक्रमस्थलमा स्टल राख्ने, ब्यानरमा नाम तथा लोगो राख्ने, सामाजिक सञ्जाल तथा पत्रपत्रिकामार्फत प्रचार गर्ने र सम्मान गर्ने व्यवस्था गरिएको संयोजक बिष्टले जानकारी दिनुभयो ।

    कला, संस्कृति र प्रतिभाको संरक्षण तथा सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology