(Saturday 25th of July 2026)
`

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

  • सगरमाथा गन्तब्य
  • 399
    SHARES

    खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस संचालन गर्ने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा क्यान्सरका बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै बागेश्वरी यातायतले क्यान्सर गेटसम्म पुग्ने गरि नगर बस संचालन गर्ने भएको हो । आज अस्पताल परिषरमा अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराई र बागेश्वरी यातायत प्रालीका अध्यक्ष मन प्रसाद आचार्यबीच नगर बस संचालन सम्बन्धी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सह कोषाध्यक्ष शोभाखर पौडेलले जानकारी दिए । अस्पतालमा जान आएका दुरदराजका बिरामीहरुले भोग्दै आएको समस्याको सहजिकरणका लागि अस्पतालको आग्रहमा बस संचालन गर्न थालिएको बागेश्वरी यातायातका अध्यक्ष आचार्यले बताए । उनले पहिलो चरणमा सम्झना चौकबाट क्यान्सर गेटसम्म २ वटा बस संचालन गरिने बताउँदै बिरामीको चाप र आवश्यकतालाई हेरेर पछि सेवा थप गर्न सकिने जनाए । अस्पतालसम्म सिधै आउने साधन नपाएर अलमलमा पर्ने गरेका बिरामीहरुलाई नगर बस संचालनले ठुलो राहत मिल्ने अस्पतालका कार्यकारी निर्देशक डा. भट्टराईले बताए । अस्पतालको आग्रहलाई स्वीकार गरेर बस संचालन गर्ने सहमति भएकोमा उनले बागेश्वरी यातायात प्रालि परिवारलाई अस्पतालको तर्फबाट धन्यवाद व्यक्त गरे । अध्यक्ष आचार्यका अनुसार अर्को सातादेखि संचालन हुने नगरबसले खजुराबाट नेपालगन्जका लागि ४० रुपैयाँ, राँझा चोकलाई ५० रुपैया, कोहलपुरसम्मका लागि १ सय रुपैयाँ र सम्झना चोकसम्मका लागि १२५ रुपैयाँ सेवा शुल्क लिइने छ । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट क्यान्सरको उपचार गर्न खजुरा क्यान्सर अस्पताल आउने बिरामीहरुले अस्पतासम्म पुग्ने साधन नपाउँदा समस्या भोग्दै आएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology