बाँके, असार २४ गते । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले सिमिति श्रोतका बावदुत यसपटक मन्त्रालयले समानुपातिक र सन्तुलित बजेट ल्याएको बताउनुभएको छ । बिनियोजन बिधेयकमाथिको समुहकृत छलफलमा बुधबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री खत्रीले यसपटक निर्वाचन क्षेत्र अनुसार सन्तुलित बजेट ल्याउने प्रयास गरिएको बताउनुभयो ।
खत्रीले सडक पुर्वाधार र पुल निर्माणको क्षेत्रमा बहुबर्षिय, क्रमागत, सालबसाली लगायतका योजनामा प्रर्याप्त बजेट बिनियोजन भएको जानकारी दिनुभयो । उहाँले मन्त्रीका निर्वाचन क्षेत्रमा बजेट केन्द्रीत भएको हल्लाको बिश्वास नगर्न आग्रह गर्नुभयो ।
छलफलमा सांसदहरुले मन्त्री खत्रीको निर्वाचन क्षेत्र बाँकेको बैजनाथ र खजुरा गाउँपालिकामा बजेट केन्द्रीत गरिएको दावी गर्नुभएको थियो । भौतिक पुर्वाधार मन्त्रालयले आगामी आवका लागि १० अर्ब १८ करोड रुपियाँको अनुमानित बजेट ल्याएको छ ।
