(Wednesday 28th of October 2026)
`

जानकी ४ को वडा स्तरिय बाल अधिकार समितिकाे नियमित बैठक सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 3.1K
    SHARES

    नेपालगन्ज : जानकी गाउँपालिका वडा नं. ४ को वडा स्तरिय बाल अधिकार समितिको नियमित बैठक शुक्रवार जानकी गाउँपालिका वडा नं. ४ मा सम्पन्न भएको छ । वडा स्तरिय बाल अधिकार समिति जानकी गाउँपालिका वडा नंं. ४ को आयोजना तथा सामाजिक विकास मञ्च बाँके (एसडिएफ बाँके) र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा वडा स्तरिय बाल अधिकार समितिकाे नियमित बैठक शुक्रवार सम्पन्न भएको हो ।
    जानकी गाउँपालिकाका वडा नं. ४ का वडाअध्यक्ष रमेश कुमार बर्माको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जानकी गाउँपालिका वडा नं. ४ का सचिव अञ्जु लामा, स्थानिय बालवालिका, स्थानिय प्रशासन, पत्रकार लगायतको सहभागिता रहेको थियो । बैठकमा नियमित बैठक बस्ने सम्बन्धमा र विविधमाथि छलफल गरिएको थियो । बैठकले हरेक ३/३ महिनामा नियमित बैठक बस्ने र इमरजेन्सी वा आवश्यक परे जति बेला पनि बैठक बस्ने निर्णय गरिएको छ । यस्तै बिबिध माथि छलफल गर्दा जानकी गाउँपालिकामा आवद्ध रहेका बालवालिकाहरुलाई विपदमा परेको समय आपतकालिन आवश्यक सहयोग गने निर्णय गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology