नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । जुमा स्पोर्टस क्लव, नेपालगन्जको आठौ स्थापना दिवसको अवसरमा क्लवले व्यवसायी र पत्रकारका बीच फुटसल आयोजना गरेको हो । न्यूरोडस्थित नेपालगन्ज फुटसलमा बिहान खेलिएको खेल बराबर गोल गरेर टुंगिएको छ । खेलमा पत्रकार टीमले खेल प्रारम्भ देखि नै व्यवसायीको टिमलाई दवावमा राखेको थियो । खेलको अन्त्यमा भने ४–४ गोलमा खेल अवधि सम्पन्न भएको थियो । पत्रकार टीमबाट कुमार श्रेष्ठले २, समिरमान श्रेष्ठ र कमल खत्रीले १–१ गोल गर्नुभयो । व्यवसायीबाट खिम अधिकारी, कौशल आचार्य, भाष्कर काफ्ले र सन्तोष बजगाईले १–१ गोल गर्नुभएको थियो । पत्रकारको टिममा पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्ष झलक गैरे, नरेन्द्र थापा, शरण कर्माचार्य, अर्जुन वली, भगतराम थारु, समीर शाहीलगायत सहभागी थिए भने व्यवसायीको टीममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, कृष्णप्रसाद श्रेष्ठ, भीम रानाभाट, श्यामसुन्दर अधिकारी, सतिश अग्रवाल, अधिवक्ता विकास आचार्यलगायत थिए ।

खेल अघि जुमाको आठौ स्थापना दिवसमा केक काटिएको थियो । क्लवका अध्यक्ष डा. उदय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भीम रानाभाटले क्लव स्थापना गर्दाको क्षण स्मरण गराएका थिए । अध्यक्ष डा. अधिकारीले जुमाले फुटबलसँगै सामाजिक गतिविधि गरिरहेको जानकारी दिनुभयो ।
प्रमुख अतिथि प्रजिअ तामाङले शुभकामना मन्तब्य लगत्तै रेफ्री केशव रानालाई बल दिएर खेलको उदघाटन गर्नुभएको थियो ।
व्यवसायीलाई खेल क्षेत्रसँग जोड्दै सामाजिक कार्य गर्ने उद्देश्यले वि.सं. २०७५ सालमा जुमाको स्थापना भएको थियो ।
