काठमाडौं, ८ जेठ । नेपालमा थप १७ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै नेपालमा कोरोना सक्रमितको संख्या ४ सय ४४ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार झापाको कचनाकवल गाउँपालिकामा १५ जना, धनकुटा र सुनसरीमा १ र १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो । सहप्रवक्ता अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।

