(Saturday 25th of July 2026)
`

विश्व वातावरण दिवसको अवसरमा जानकीमा बृक्षारोपण, सरसफाइ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 2.9K
    SHARES

    जनक चौधरी नेपालगन्ज : विश्व वातावरण दिवसको अवसरमा जानकी गाउँपालिकामा वातावरण संरक्षण, सरसफाइ तथा हरियाली प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् ।
    वन तथा वातावरण विपद् व्यवस्थापन समिति, जानकी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता समितिका संयोजक राजेन्द्र सिंहले गर्नुभएको थियो । कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष राम प्यारी यादव रहनुभएको थियो भने सामाजिक विकास शाखाका राम अंचल पथिक विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्यहरू, सामाजिक विकास मञ्चका शिक्षा अधिकृत सहज राम यादव, वल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक तिलक केसी, एसडिएफ बाँकेका अनुगमन तथा मुल्याङकन अधिकृत अमृत विष्ट तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
    वातावरण संरक्षण तथा वन व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका १३ जना अगुवा किसानहरूलाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । सम्मानित किसानहरूको योगदानले स्थानीय स्तरमा वातावरणीय सचेतना र हरियाली प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको सामाजिक विकास मञ्चका शिक्षा अधिकृत सहज राम यादवले जानकारी गराउनुभयो ।
    यसै अवसरमा गाउँपालिका परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । सरोकारवाला निकाय, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सक्रिय सहभागितामा परिसर तथा आसपासका क्षेत्रहरू सफा गरिएको थियो ।


    त्यसैगरी, कन्या माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपेर वातावरण संरक्षण, जैविक विविधताको प्रवद्र्धन तथा हरित वातावरण निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।
    कार्यक्रमका वक्ताहरूले वातावरण संरक्षणलाई सबैको साझा दायित्वका रूपमा लिनुपर्नेमा जोड दिँदै वृक्षारोपण, वन संरक्षण, फोहोर व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए ।
    विश्व वातावरण दिवसका अवसरमा आयोजित यी कार्यक्रमहरूले वातावरण संरक्षणप्रति स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै हरित र स्वच्छ समाज निर्माणमा थप प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ । कार्यक्रमको सहकार्य एसडिएफ, इन्सेक नेपाल, डिसिए नेपाल, केयर नेपाल, आइडई नेपाल, बिग्रुप, सुनौलो युवा क्लब लगायतका संघसंस्थाहरुले सहकार्य गरेका थिए । यस्तै बिश्व वातारण दिवशको अवसरमा जानकीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जानकी गाउँपालिका मानपुर बाँकेको आयोजनामा भएको बक्तृत्व प्रतियोगितामा ६ वटै वडाका वालवालिकाहरुको सहभागिता रहेको थियो ।


    जानकी गाउँपालिकाका १ देखि ६ वटै वडाका वडा स्तरिय बालक्लव संजालका वालवालिकाहरुको प्रतियोगितामा सहभागिता रहेको थियो ।
    प्रतियोगिताको अध्यक्षता जानकी गाउँपालिका वन तथा वातावरण विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह रहनुभएको थियो भने जानकी गाउँपालिकाका उपाध्यक्ष राम प्यारी यादवको प्रमुख आतिथ्यतामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।
    बक्तृत्वकला प्रतियोगितामा वडा नं. ६ का पुनम मिश्रा प्रथम हुनुभएको थियो । यस्तै दोस्रोमा समिर खान (वडा नं. १), तेस्रोमा करुणा हरिजन (वडा नं. २), चौथोमा राकेश कुमार पाल (वडा नं. ३), पाँचौँमा कल्पना वर्मा (वडा नं. ५) र छैठौँमा – हेमा यादव (वडा नं. ४) हुनुभएको थियो ।

    यसैगरि बाँकेको नरैनापुर गाउँपालिकामा पनि विश्व वातावरण दिवशको अवसरमा बृक्षारोपण तथा बक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । नरैनापुर गाउँपालिकाको आयोजना तथा सामाजिक विकास मञ्च बाँके र वल्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा सम्पन्न भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology