(Saturday 25th of July 2026)
`

दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 1.3K
    SHARES

    बाँके, जेठ १३ – आजको रक्तदान, भोलिको मुस्कान भन्ने नारासहित राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बाँकेको जानकी गाउपालिकामा बह्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जानकी गाउपालिका कार्यालय, मानपुर बाँकेको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्य र उपाध्यक्ष रामप्यारी यादवको सभापतित्वमा कार्यक्रम भएको हो । गाउँपालिका अध्यक्ष खाँ लगायत विशिष्ट अतिथिहरुलाई रेडक्रस प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटाले रक्तदान प्याकेज हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष खाँले रक्तदान व्यक्तिको स्वास्थ्यका लागि फाईदा मात्र नभएर बिरामी, रोगीका लागि जीवनदान काम भएको बताउनुभयो ।

    कार्यक्रम सभाअध्यक्ष तथा पालिका उपाध्यक्ष रामप्यारी यादवले जनप्रतिनिलाई गाउँगाउँबाट रगत अभाव हुँदा र आवश्यकता पर्दा रातीमा समेत फोन आउने गरेको भन्दै रक्तदानले ग्रामिण क्षेत्रका गरिव जनतालाई बचाउने बताउनुभयो । पालिकाले पछिल्ला समयमा रक्तदान कार्यक्रमलाई प्राथामिकता दिएको उहाँको भनाई छ । आयोजितक बृहत् रक्तदान कार्यक्रममा पत्रकार प्रेम एसके, पवन जैयसवाल, दिनेश ठाकुर, लक्ष्मी तिमिल्सेना, शम्भु चौधरी, राष्ट्रिय दलित पत्रकार संघ केन्द्रीय सदस्य भिम बहादुर नेपाली, केन्द्रीय पार्षद कुशल दर्लामी, बर्दिया जिल्ला अध्यक्ष दल बहादुर सुनार, बाके काव अध्यक्ष आशा परियार, जानकी सुचना केन्द्रका पुर्वअध्यक्ष नारायण पाल, समाजसेवी गीता वि.क, जानकी गाउँपालिका सामाजिक विकास समिति संयोजक रामअभल धोवी, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, योजना शाखा प्रमुख शोभा पौडेल, आईटी प्रमुख विकास जिसी, नेपाल रेडक्रस प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जका सोमप्रकाश सापकोटा लगायतको सहभागीता रहेको थियो । रक्तदान कार्यक्रममा आयोजक राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले रक्तदानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबै आयोजक, सहयोगी जानकी गाउपालिका, पत्रकार र सहभागी साथीहरु प्रती आभार र धन्यवाद व्यक्त गर्नुभयो । रक्तदान कार्यक्रममा ६७ जनाको उपस्थिती रहेको थियो भने स्वास्थ्य परीक्षणपछि २१ जनाले रक्तदान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology