बर्दिया, । काठमाण्डौँको सुकुम्वासी बस्तीहरुमा हटाउन सरकारले अल्टिमेटम दिएपछि बर्दियामा त्रास फैलिएका छ । सरकारले काठमाण्डौँको बागमती किनारको बस्ती हटाउन अल्टिमेटम दिएपछि त्यसको त्रास बर्दियाको कमैया मुक्ति बस्तीहरुमा त्राल फैलिएको हो ।
मानिसहरुले बागमती किनारमा जग्गा कब्जा गरी बनाएका अव्यवस्थित बस्तीलाई हटाउन अल्टिमेटम दिएपछि बर्दियाका ८ ओटै स्थानीय तहमा रहेका कमैया बस्तीहरुमा त्रास फैलाइएको छ । बर्दियाको बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकामा रहेको बस्तीहरुमा मानिसहरुले त्रास फैलाइएको बर्दिया क्षेत्र नं. १ का रास्वपाका संघिय संसद ठाकुर सिंह थारुले बताएका छन् । उनले भने, कमैया बस्तीहरुमा समेत गएर भैम फैलाएर त्रासित बनाइएको छ जुन सरकारले निर्णय गरेको छैन । रास्वपाको सरकारले पहिलो चरणको निर्णयमा एक सय ओटा निर्णयहरुको गरेको छ । जसमा बर्दियको कमैया बस्ती हटाउने निर्णय कतै गरेको छैन ।
उनले भने, यो जनताहरुमा भ्रम फैलाउने काम मात्र भएको छ । जहाँ बस्ती बस्तीमा गएर घण्टीमा भोट हालेको नटिजा पाउने छौ भनेर त्रासने गरेका छन् । बर्दियाका कमैया बस्ती निर्धक्का रहौँ सरकारले कमैया बस्ती हटाउने छैन र यदी सरकारले त्यसो गर्न खोजे म तपाईहरुको साथमा रहन अशवासन समेत दिए ।
यता माननियको कुरा सहि बताउदै आफुहरु ४० बर्ष देखि लालपुर्जा नपाएको बाँसगढी नगरपालिका वडा नम्वर ३ महादेवाका स्थानीय रोशन परियारले बतनाए । उनले भने हाम्रा पुर्खाहरुले करिब ४० बर्ष पहिला आएर यहाँ बस्नु भयो तर सरकारले कुनै सुनवाइ गरेको छैन । यदि सरकारल भुलवस कुनै दिन बर्दियाको बस्ती हटाउने निर्णय गर्यो भने बिचल्ली हुने बेर छ्रैन । उनले भने, यदि सरकारले हामीलाई नेपाली जनता मानेको छ भने छिटो भन्दा छिटो निर्णय गरेर हामी सुकुमवासीहरुलाई लालपुर्जा वितरण गरोस ।
उनले भने, पहिला एमाले, काँग्रे र माओवादीले समेत लालपुर्जा वितरण गर्ने आसवाशन दिए तर भाट माग्ने बेला मात्र आएर भोट पाएपछि फर्केर आएनन् तर अहिले तिनीहरुले नै अफवाह फैलाउदै बस्तीमा दोजर चल्छ भन्दैछन् । तर वास्ताविकता माननियको फेसबुक हेरेर मात्र ठहाँ भयो ।
त्यस्तै बढैयाताल गाउँपालिका वडा नम्वर ८ र ९ पनि अफवाह फैलाएको वडा नम्वर ८ का स्थानीय केवल प्रसाद थारुले बताए । काठमाण्डौको सुकुमवासी बस्तीहरुमा जब जब दोजर चल्छ त्यति वेला कोही न कोही यहाँ आएर यहाँ पनि दोजर चल्छ है भनेर त्रसाउने गरेको बताए । उनले भने, यस पटक पनि ठाकुरलाई भोट हालेकेको नतिजा हेरेउ भने हरेक दिन आएकै बताए । वास्तविकता के हो ठहाँ नपाइ साउन गलत हो, उनले भने ।
तर सकारले आफ्नो जनताहरुको लागि राम्रो काम गरिरहेको थारुले बताए । सरकारले कमैया मुत्त त गर्यो तर पुर्ण रुपमा स्थापित गर्न सकेको छैन यो सरकारले गर्छ कि आशामा बसेका छौँ । सरकारले कमैयाहरुलाई प्रति परिवार ५ कट्ठाका दरले जग्गा वितरण गरेको थियो तर त्यसमा प्रतिबन्ध पनि लगायो हामीले त्यसलाई नबेच्न मिल्छ न बैंकहरुमा धितो राख्न मिल्छ त्यो जग्गामा एउटै विकल्प छ जोत्ने र खाने मात्र भएको बताए । त्यसलाई यो सरकारले कानुन संशोधन गरेर मिलाउने पर्ने थारुले बताए ।
एकतिर काठमाण्डौँमा अल्टिमेटम र अर्को तिर बर्दियाका बस्तीहरुमा त्रास फैलाइएको छ । सरकाले बर्दियाको बारेमा आफ्नो धारण राख्न जरुरी देखिन्छ ।
