नेपालगन्ज : एमाले अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा नेपालगन्जमा पनि प्रर्दशन गरिएको छ । एमालेको जनबर्गिय संगठनको अगुवाईमा शनिबार दिउँसो नेपालगन्जमा प्रर्दशन गरिएको हो ।
सो क्रममा गृहमन्त्री सुदन गुरुङको पुत्ला समेत जलाइएको थियो । एमाले कार्यकर्ताहरुले विपी चोकमा प्रर्दशन गर्दै पुत्ला जलाएका थिए । सडकमा टायर बाल्नुका साथै पुत्ला जलाइएको हो । त्यस क्रममा प्रहरी र प्रर्दशनकारीबीच धकेला धकेल समेत भएको थियो । पक्राउको बिरोधमा देशभर एमालेको जनबर्गिय संगठनहरुले बिरोध प्रर्दशन गरेका छन् । यस्तै आइतवार पनि विरोध प्रर्दशन गर्ने एमाले बाँकेले जनाएको छ ।
आइतवार ११ बजे नेकपा एमाले पार्टी कार्यालयबाट निस्कने विरोध प्रर्दशन जिल्ला प्रशासन कार्यालय बाँकेको गेट अगाडी प्रदर्शन गरिने एमाले नेपालगन्ज नगरका नगर अध्यक्ष मोहित शाहले जानकारी दिनुभयो । विरोध कार्यक्रममा सम्पुर्ण जिल्ला कमिटि, गाउँपालिका कमिटी नगर कमिटि, वडा कमिटि, जनप्रतिनिधि, जनवर्गिय सङ्गठनका नेताहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको छ ।
