(Saturday 25th of July 2026)
`

८३ रनले ज्योति स्पोर्ट्सको रोमाञ्चक जित

  • सगरमाथा गन्तब्य
  • 2.3K
    SHARES

    ‎नेपालगञ्ज – ‎नेपालगञ्जमा जारी मेयर कप (पुरुष) क्रिकेट प्रतियोगितामा ज्योति स्पोर्ट्स एकेडेमीले वार्ड नं. १२ माथि ८३ रनको फराकिलो जित दर्ता गरेको छ। उत्कृष्ट ब्याटिङ र कडा बलिङ प्रदर्शनका कारण ज्योति स्पोर्ट्स एकेडेमीले प्रभावशाली जित हात पारेको हो।
    ‎पहिले ब्याटिङ गरेको ज्योति स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रनको विशाल योगफल तयार पारेको थियो। टोलीका कप्तान सिद्धान्त राज शाहीले ४७ बलमा शानदार १०० रन प्रहार गर्दै खेलको दिशा नै परिवर्तन गरे।
    ‎१९८ रनको लक्ष्य पछ्याएको वार्ड नं. १२ ले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। टोली २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ११५ रनमा सीमित रह्यो। विषाल वर्माले सर्वाधिक २६ रन बनाउँदा राम आर्याले २० रन र प्रमित आचार्याले १७ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा पुग्न संघर्ष गरे।
    ‎ज्योति स्पोर्ट्स एकेडेमीका बलरहरू निकै प्रभावशाली देखिए। निशान्त आचार्याले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। बिकाश शाहूले २ विकेट लिँदा रबिश वर्मा र अन्जेश शाहिले समान १/१ विकेट हात पारे। ‎यस जितसँगै ज्योति स्पोर्ट्स एकेडेमी प्रतियोगितामा बलियो दाबेदारको रूपमा प्रस्तुत भएको छ। ‎खेलको ‘प्लेयर अफ द म्याच’ ज्योति स्पोर्ट्स एकेडेमीका सिद्धान्त राज शाही घोषित भए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology