बाँके – प्रतिनिधि सभा निर्वाचनमा बाँके जिल्लामा पर्यबेक्षण गर्ने पर्यबेक्षक संस्थाहरुको पहिलो पटक समन्वय बैठक भएको छ । राष्ट्रिय निर्वाचन पर्यबेक्षण समिति (नियोक) बाँकेको संयोजनमा आज नेपालगन्जमा भएको समन्वय बैठकमा पर्यबेक्षण गरिरहेका संस्था प्रमुखहरुको सहभागितामा रहेको थियो । राष्ट्रिय निर्वाचन पर्यबेक्षण समिति (नियोक) जिल्ला समिति बाँकेका अध्यक्ष नमस्कार शाहले सहजिकरण गरेको समन्वय बैठकमा नियोक लुम्बिनी प्रदेशको पर्यबेक्षणको बारेमा प्रदेश अध्यक्ष बसन्त गौतम, जिल्ला समिति बाँकेका ले गरिरहेको पर्यबेक्षणका बिषयमा नियोक जिल्ला सचिब हेमराज भट्टले जानकारी गराएका थिए । यसैगरी इन्सेक नेपालगन्जका संयोजक भोला महत, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धारिका अधिकारी, गैर सरकारी संस्था बाँकेका सचिब रमेश सिटौला, राष्ट्रिय अपांग महासँघका नेत्र प्रसाद सापकोटा, बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाह, इको नेपालका शोभा थापा मगर, एकाउण्टविलिटि ल्याबका रमिता शाहले संस्था मार्फत खटिएका पर्यबेक्षणको बारेमा जानकारी, पर्यबेक्षण गर्ने स्थान र योजनाका बारेमा जानकारी गराएका थिए । बैठकले पर्यबेक्षकको आचार संहिता पालना गर्दै जिम्मेवार भएर पर्यबेक्षण गर्ने, पर्यबेक्षण गर्ने संस्थाहरु बिच निरन्तर समन्वय गर्ने निष्कर्ष सहित बैठक समापन भएको थियो ।

