(Saturday 25th of July 2026)
`

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

  • सगरमाथा गन्तब्य
  • 3.1K
    SHARES

    नेपालगन्ज, ९ फागुन – नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को उपाधि सुपरस्टार दोजाङ्ग जित्न सफल भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरस्थित सुपरस्टारले ६ गोल्ड, ३ रजत र ५ काश्य पदक जित्दै प्रतियोगितामा उपाधि जित्न सफल भएको हो ।
    प्रतियोगितामा खजुरा गाउँपालिकास्थित जिगाउँ तेक्वान्दो द्धित्तीय स्थानमा चित्त बुझाएको छ । जिगाउँले प्रतियोगितामा ३ गोल्ड, ४ रजत र २ काश्य पदक जित्न सफल भएको हो । यस्तै प्रतियोगितामा कोहलपुरको पिपरीस्थित मदन नगर तेक्वान्दो तृतीय स्थान रहन सफल बन्यो । मदननगरले ३ गोल्ड र ३ रजत जितेको छ ।
    यसैगरी प्रतियोगितामा पुरुषतर्फ इशाक परियार र महिलातर्फ सविता थारु बेस्ट प्लेयर बन्न सफल रहनुभयो । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अथिति नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगर, आयोजक आदर्श तेक्वान्दो दोजाङ्ग बाँकेका अध्यक्ष प्रकाश लामिछाने, जिल्ला खेलकुद विकास समिति बाँकेका प्रमुख सन्तोष श्रेष्ठले प्रमाण पत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
    प्रतियोगितामा सहभागि २२ दोजाङ्गमध्ये शम्शेरगन्ज दोजाङ्गले २ गोल्ड, ३ रजत र ५ काश्य, धम्बोझीले ३ गोल्ड र २ काश्य, लाइट दोजाङ्गले १ गोल्ड, भृकुटीले १ गोल्ड र आदर्शले १ गोल्ड जितेको सहआयोजक तेक्वान्दो दोजाङ्ग एण्ड स्पोर्टस क्लब नेपालगन्ज १७ का अध्यक्ष संजय कुम्हारले जानकारी दिनुभयो ।
    लामो समयदेखि नेपालगन्जमा कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो । प्रतियोगिता संचालनका लागि निजी क्षेत्रसंग सहकार्य गरिएको थियो । आयोजकका अनुसार प्रतियोगितामा तीन सय बढी खेलाडी सहभागी भएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology