(Saturday 25th of July 2026)
`

‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

  • सगरमाथा गन्तब्य
  • 2.9K
    SHARES

    नेपालगन्ज, फागुन ७ : बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सांसदले देशको नीति राम्रो भएपछि मात्र देश र जनता समृद्ध हुने धारणा ब्यक्त गरेका छन् । महेन्द्र पुस्तकालय नेपालगन्जले बिहीबार (आज) आयोजना गरेको ‘एजेन्डा बस कार्यक्रम’ मा आफ्नो धारणा राख्दै उनले मतदातालाई भेट्ने क्रममा आफुले उधारो र पुरा गर्नै नसकिने आश्वास अहिले नबाँडेको बताए ।
    ‘सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन,’ उनले भने, ‘सांसद भईसकेपछि सरकारसँग पहल गरेर आफ्नो क्षेत्रको विकासमा कसरी पहल गर्न सक्छौं, हामीले आफ्नो क्षेत्रका जनताको स्तर कसरी माथी उठाउन सक्छौं, विकास भनेको सडक र नाला मात्र होईन, मानविय विकासमा पनि हामीले ध्यान दिनुपर्छ ।’  जनताले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पठाईसकेपछि यही ठाउँका जनतासँग हातेमालो गरेर आफुले स्वास्थ्य, शिक्षा, कृषि, अपांगता, दलित, मधेसी, मुस्लिम लगायत समुदाय तथा क्षेत्रसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
    बाँकेको क्षेत्र नम्बर २ अन्तरगत रहेका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा विभिन्न समस्याहरु रहेको कुरा आफुले राम्रोसँग बुझेको भन्दै यि समस्यालाई समाधान गर्नका लागि आवश्यक पहल गर्ने विश्वास दिलाए ।  ‘नेपालगन्जमा फोहोर व्यवस्थापन, पार्किङ जस्ता समस्याहरु छन्, यि लगायत बाँकेको क्षेत्र नम्बर २ मा देखा परेका समस्यालाई समाधान गर्न एउटा ठोस नीति बनाउन आवश्यक छ,’ उम्मेदवार कोइरालाले थपे । बहस कार्यक्रमका सञ्चालकले राखेको प्रश्नको जवाफमा कोइरालाले आफु नेताभन्दा पनि सेवक बनेर जनतको काम गर्ने प्रतिबद्धता जनाए ।


    कार्यक्रममा सुरुदेखी अन्तिम समयसम्म समय दिएर बसेका युवा उम्मेदवार कोइरालाले हरेक समस्याका पछाडी समाधान पनि रहेको बताए । अर्को प्रसंगमा उनले आफु सांसदमा निर्वाचित भएपछि जनताले खोज्न नपर्ने गरी सेवा दिने प्रतिवद्धता पनि जनाए । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई वातावरणमैत्री बनाउन अधिकतम रुपमा रुख, विरुवा रोपेर शहरभित्र रहेका ताल, तलैयाहरु पनि संरक्षण गर्नुपर्ने धारणा ब्यक्त गरे ।
    शिक्षा क्षेत्रका विषयमा उठेको प्रश्नको जवाफमा उम्मेदवार कोइरालाले कुल बजेटको २५ प्रतिशत जति बजेट छुट्याइयो भने शिक्षक दरबन्दी, शिक्षकले पाउने तलब बृद्धि, भौतिक संरचना निर्माण र शिक्षाको गुणस्तर सुधार गर्न सकिने बताए । ‘यो काम अब बन्ने सरकारले गर्नुपर्छ, यसका लागि हामी जोडदार रुपले आवाज उठाउनेछौं,’ उनले अगाडी थपे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology