(Saturday 25th of July 2026)
`

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउन, दिनभर मतदाता भेटघाटमै ब्यस्त

  • सगरमाथा गन्तब्य
  • 3.6K
    SHARES

    नेपालगन्ज, फागुन ६ – रुकुमेली सेवा समाज बाँकेले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई जिताउने भएको छ । साविक रुकुम जिल्लाबाट बसाई सरेर बाँकेमा बसोबास गर्दै आएका रुकुमेलीहरुको साझा संस्थाको रुपमा रहेको उक्त संस्थाले क्षेत्र नम्बर २ मा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु मध्ये सबैभन्दा योग्य, क्षमतावान र कुनै दाग नलागेका व्यक्ती शुधान्सु मात्र भएकाले उनैलाई सहयोग गर्ने निस्कर्ष निकालेको हो । समाजले बुधबार नेपालगन्जमा एक भेला गरेर कांग्रेसका युवा उम्मेदवार कोइरालासँग अन्तरक्रिया समेत गरेको थियो ।
    रुकुमेली सेवा समाज बाँकेका अध्यक्ष बासुदेव गौतमले तत्कालिन माओवादी सशस्त्र द्धन्द्धयता ठुलो संख्यामा रुकुमेलीहरु बाँकेमा आएर बसोबास गरेको र धेरैले दुःख, कष्टका साथ जीवन यापन गर्दै आएको सुनाउँदै आउँदो निर्वाचनमा हरेक परिवर्तनको नेतृत्वकर्ता नेपाली कांग्रेस पार्टीलाई मतदान गरेर जिताउने निचोडमा आफुहरु पुगेको बताए ।
    समाजमा बाँके जिल्लाका करिव १२/१३ सय जना सदस्यहरु रहेको र अधिकांसले बाँके–२ मा कोइरालालाई नै सहयोग गर्ने निर्णय भएको उनले सुनाए । ‘धेरै आन्दोलन र परिवर्तनको नेतृत्व गरेर आएको कांग्रेस जेनजी आन्दोलनपछि आफुलाई परिवर्तन गर्ने पहिलो पार्टी भएको छ,’ उनले भने, ‘कांग्रेस बद्लिएको छ, बद्लिएको कांग्रेसले भावी प्रधानमन्त्रीमा गगन थापालाई अगाडी सारेको छ, बाँके–२ का उम्मेदवार कोइरालाले पनि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सक्दो रुपले लाग्छु भन्नु भएको छ, उहाँको कुरा र बिचारबाट हामीहरु प्रभावित भएका छौं ।’
    रुकुमेली सेवा समाज नेपालगन्ज कार्यसमितिका अध्यक्ष दिपेन्द्रकुमार खड्काले रुकुमबाट झरेर आएका नेपालगन्जसहित बाँके क्षेत्र नम्बर २ का बासिन्दाले नेपाली कांग्रेसलाई नै मतदान गरेर जिताउने बताए । ‘हामी एक ढिक्का भएर युवाको नेतृत्व गर्नु भएका शुधान्सु कोइरालालाई मतदान गर्ने निर्णयमा पुगिसकेका छौं, युवाको मागलाई उहाँले सम्बोधन गर्नुहुनेछ, उहाँ जत्तिको ब्यक्तीलाई नेपाली कांग्रेसले यतिखेर उम्मेदवार बनाएर राम्रो काम गरेको छ ।’
    सो क्रममा उम्मेदवार कोइरालाले आफुले भ्रष्टाचार र कुनैपनि अनुचित कार्य नगर्ने प्रतिवद्धता जनाए । ‘म आफुले भ्रष्टाचार गर्नेछैन, भ्रष्टाचारका विरुद्ध सडक र सदनमा बोलिरहनेछु,’ उनले भने, ‘मलाई यसपटक जिताएर संसदमा पठाउनुस्, म तपाईहरु सँग–सँगै मिलेर काम गर्नेछु ।’ रुकुमेली समाज लगायत बाँकेमा रहेका थुप्रै समाजहरुले आफुलाई हौसला दिइरहँदा चुनाव जित्ने आधार बलियो बन्दै गएको उम्मेदवार कोइरालाले बताए ।
    यसैबीच उम्मेदवार कोइरालाले बुधबार मतदाता भेटघाट र घरदैलो गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका वडासभापति जमालुद्धिन बागवानको अगुवाईमा मतदाता भेटघाट सम्पन्न भएको छ । सो क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य निरन्जनसिंह सिजापति, मोहम्मद याकुव अन्सारी, नेपाली कांग्रेसका युवा नेता बीरेन्द्रबहादुर शाह, नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाका उपसभापति धनराज बर्मा, तरुण दलका नगर अध्यक्ष सन्दिपजंग शाह, दिलिप रेग्मी, कुन्तलराज शर्मा, महिला नेतृ मञ्जु शाह लगायत वडा स्तरमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।
    यसअघि बुधबार बिहान वडा नम्बर १४ मा वडासभापति सञ्जय बर्माको अगुवाईमा भएको मतदाता भेटघाटका क्रममा पार्टीका महासमिति सदस्य एवम् नेता राजकुमार बर्मा, महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, महासमिति सदस्य निजामुद्धिन अन्सारी ‘छोड्कौं’, पार्टीका युवा नेता बीरेन्द्रबहादुर शाह, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव प्रदिप साह, युवा नेता रमेश तिमिल्सिना लगायत वडा स्तरका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology