(Saturday 25th of July 2026)
`

‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन

  • सगरमाथा गन्तब्य
  • 3.8K
    SHARES

    बाँके (खजुरा), फागुन ६ : नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनले विभिन्न आन्दोलनका नाममा नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति समेत रहेका उम्मेदवार पुनले नेपाली नागरिकले दुःख पाउने, नागरिकले ज्यान गुमाउने आन्दोलनलाई उकास्ने कार्यको बिरोध गर्दै कांग्रेसले त्यसको अन्त्यको लागि काम गर्ने बताए ।
    विभिन्न आन्दोलनका नाममा देशका सार्वजनिक सम्पदा, सार्वजनिक सम्पक्ति र महत्वपुर्ण कार्यालय जलाउने कार्यलाई कुनैपनि राजनितिक दलले प्रसय दिने काम गर्न नहुने बताए । समाज भड्काउने, धर्म, सँस्कृति र जातिय विभेदलाई बढावा दिने कुनैपनि राजनितिक दल र नेताको भनाईमा विश्वास नगर्न पुनले बाँके क्षेत्र नम्बर ३ का मतदातालाई अनुरोध गरे ।
    उनले भने, ‘यो देशको समृद्धि हामी सबै मिलेर गर्ने हो । हिमाल, पहाड र तराईमा बस्ने सबै नागरिकका समस्यालाई हामीले सम्बोधन गर्ने प्रयास गर्नु पर्छ । नागरिक प्रति सबै राजनिति दल उत्तरदायी हुनुपर्छ । तर यहाँ नागरिकका समस्या, नागरिकका प्रश्नबाट भाग्ने नेताहरु पनि चुनावी मैदानमा छन् । यसले पनि यहाँहरु नागरिक प्रति कत्ति उत्तरदायी छन् भन्ने देखाउँछ ।’
    बाँके क्षेत्र नम्बर ३ को समृद्धिको लागि आफुले इमानदारितका साथ काम गर्ने बताउँदै पुनले भेरी–बबई डाईभर्सन, सिक्टा सिचाइँ आयोजनाका अधुरा कामहरु पुरा गर्न आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश सभापति पुनले नेपालको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल–भारत सीमा क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधानका लागि कांग्रेसले नीतिगत रुपमा पहल थाल्ने प्रतिवद्धता जनाए ।
    लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई बाँके क्षेत्र नम्बर ३ को समृद्धिसँग जोडनुपर्ने उनको भनाई छ । प्राविधिक विश्व विद्यालय अहिलेको आवश्यकता भएको बताउँदै कांग्रेस उम्मेदवार पुनले युवालाई देशमै रोजगार सृजना गर्ने थलोका रुपमा विश्व विद्यालयलाई बनाउन जरुरी रहेको धारणा राखेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology