(Saturday 25th of July 2026)
`

सगरमाथा ई. बोर्डिङ्ग सेकेन्डरी स्कूल को २१ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज, २ फागुन – सगरमाथा ई. बोर्डिङ्ग सेकेन्डरी स्कूल नेपालगन्जले २१ औं बार्षिकोत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम २०८२ शनिवार भव्यताका साथ मनाएको छ ।
    विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ सगरमाथा ई. बो. सेकेण्डरी स्कूल कारकाँदोले आफ्नो २१ औं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न गरेको हो ।
    स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धन सुदन चौलागाई रहनु भएको थियो । प्रमुख अतिथि चौलागाईले सगरमाथा स्कूलले शिक्षा क्षेत्रमा फड्को मार्दै बाँकेकै नमुना बन्न सफल होस भनि शुभकामना दिनुभएको छ । प्रमुख अतिथि चौलागाई, संस्थापक अध्यक्ष जिसी र स्कूलको संस्थापिका लक्ष्मी बिसीले दियो बालेर बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।


    विद्यालयले हरेक बर्ष उत्कृष्ट रिजल्ट, अनुशासन र खेलकुद गतिविधि बारे बाँके कै उत्कृष्ट रहेको सहभागि वक्ताहरुले बताएका छन् । विद्यार्थीले हासिल गरेका शिक्षालाई व्यवहारमा उतार्न जरुरी रहेको बताउदै प्रमुख अतिथि चौलागाईले बताउनुभयो । शिक्षा क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको यस सगरमाथा स्कूलले हरेक बर्ष एसईई र प्लस टु मा सतप्रतिशत नतिजा ल्याउदै आएको छ । स्थापनाकालदेखि नै गुणस्तरिय शिक्षासंगै बाँके बर्दिया कै टप विद्यालयमा पर्ने गरेको उहाँले बताउनुभयो । बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रममा विद्यालयका छात्र–छात्राहरुले नृत्य, गित, गजल, कविता, नाटक, मार्चपास लगायतका विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
    लामो समय विद्यालयमा योगदान पु¥याएका शिक्षक, कर्मचारी, रक्तसंचार केन्द्रका क्षेत्रिय प्रमुख उपेन्द्र रेग्मी, पत्रकारितामा योगदान पु¥याएको कृष्णसार एफएमका पत्रकार कृष्णराज अधिकारीलाई सम्मान गरिएको थियो ।


    बार्षिक उत्सव समारोह कार्यक्रममा विद्यालयका प्रवक्ता साहिल अन्सारी, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नविन गिरी, पत्रकार कमल डाँगी, देवेन्द्र पौडेल, टार्जन ओली, गणेश विसु, विकल भट्टराई, जागेश्वर सिंह थारु, कृष्णराज अधिकारी, चन्द्रेश्वर त्रिपाठी, सकिल कादरी, भगतराम थारु, नेश्नल अर्थोपेडिक हस्पिटल प्रा.लि नेपालगन्जका प्रवन्धक निर्देशक डा. शैयद सद्दाम, नेपालगन्ज प्लाष्टिक सर्जरी एण्ड ट्रामा सेन्टर नेपालगन्जका प्रबन्धक निर्देशक डा. विनोद कर्ण, वरिष्ठ निर्देशक रञ्जित राना, कोहलपुर कला केन्द्रका निर्देशक कुन्दन चन्द, निर्देशक तथा मोडेल इश्वर उपाध्याय, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । यस्तै एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र–छात्रालाई विद्यालयले सम्मान गरेको थियो । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology